स्थानीय तहमा खटाइएका शिक्षाका कर्मचारी अझै गएनन्



हाम्रो इकोनोमि

जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा शिक्षा कार्यक्रम प्रभावित भएको छ । जिल्लाका पाँचवटा स्थानीय तहमा शिक्षाका कर्मचारी खटाइए पनि ती ठाउँमा अझै कर्मचारी गएका छैनन् ।

जिल्लाका दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा शिक्षाका कर्मचारी खटाइए पनि कर्मचारीको पदीय मार्यादाक्रम नमिल्दा उनीहरू नगएका हुन् ।

स्थानीय तहमा नासु तहकालाई कार्यकारी जिम्मा दिइदा शिक्षाका अधिकृतस्तरका कर्मचारी उनीहरुको मातहतमा बस्नुपर्ने भएकाले उनीहरू जान नमानेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शंकरदत्त भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा शिक्षाका कर्मचारी नजाँदा शिक्षाका कार्यक्रम सञ्चालनमा समस्या भएको छ ।”

दलित छात्रवृत्ति, अपांग छात्रवृत्ति र भौतिक निर्माणका कामबाहेक सबै स्थानीय तहले गर्ने र त्यसमा शिक्षाका कर्मचारीको प्रतिनिधित्व हुनु आबश्यक थियो तर स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउने विषयमा केन्द्रमै सहमति हुन बाँकीे छ ।

बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...