स्थानीय तहमा खटाइएका शिक्षाका कर्मचारी अझै गएनन्



हाम्रो इकोनोमि

जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा शिक्षा कार्यक्रम प्रभावित भएको छ । जिल्लाका पाँचवटा स्थानीय तहमा शिक्षाका कर्मचारी खटाइए पनि ती ठाउँमा अझै कर्मचारी गएका छैनन् ।

जिल्लाका दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा शिक्षाका कर्मचारी खटाइए पनि कर्मचारीको पदीय मार्यादाक्रम नमिल्दा उनीहरू नगएका हुन् ।

स्थानीय तहमा नासु तहकालाई कार्यकारी जिम्मा दिइदा शिक्षाका अधिकृतस्तरका कर्मचारी उनीहरुको मातहतमा बस्नुपर्ने भएकाले उनीहरू जान नमानेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शंकरदत्त भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा शिक्षाका कर्मचारी नजाँदा शिक्षाका कार्यक्रम सञ्चालनमा समस्या भएको छ ।”

दलित छात्रवृत्ति, अपांग छात्रवृत्ति र भौतिक निर्माणका कामबाहेक सबै स्थानीय तहले गर्ने र त्यसमा शिक्षाका कर्मचारीको प्रतिनिधित्व हुनु आबश्यक थियो तर स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउने विषयमा केन्द्रमै सहमति हुन बाँकीे छ ।

बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...