लिखु–४ जलविद्युत् आयोजनामा ७ बैंकले साँढे ७ अर्ब लगानी गर्ने



हाम्रो इकोनोमि

५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनामा नबिल बैंकको नेतृत्वमा सात वाणिज्य बैंकले लगानी गर्ने भएका छन् । ग्रीन भेञ्चर प्रालिबाट प्रवद्र्धित उक्त आयोजनामा सात बैंकले ७ अर्ब ६२ करोड ऋण लगानी गर्ने भएका हुन् ।

लगानी सम्झौतामा कम्पनीका अध्यक्ष सुभाषचन्द्र सङ्घई एवम् अन्य सातओटै बैङ्कका प्रतिनिधिबाट संयुक्त हस्ताक्षर भएको छ ।

नेपालको व्यवसायीक घरना त्रिवेणी ग्रुप र विशाल ग्रुपको संयुक्त लगानी रहेको आयोजनामा नविलको अगुवाइमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

आयोजनाको कुल लागत १० अर्ब १६ करोड रहेको छ । यसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी रहेको छ । उक्त आयोजनामा नबिल बैंकले १ अर्ब ४२ करोड, लक्ष्मी बैंकले १ अर्ब २५ करोड, ग्लोबल आईएमई बैंकले १ अर्ब २५ करोड, एसबीआई बैंक र सनराइज बैंकले १र१ अर्ब र प्रभु तथा सानिमा बैंकले ८५/८५ करोड लगानी गर्ने भएका छन् ।

सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०७३ असारमा विद्युत् खरीद सम्झौता (पीपीए) गरिसकेको छ । आयोजनाले २०७७ असोज ३० गतेबाट व्यापारिक उत्पादन (आरसीओडी) शुरू गर्नुपर्नेछ । आयोजनाबाट उत्पादित विद्युत् २२० केभी डबल सर्किट प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको नयाँ खिम्ती सबस्टेशनमा जोडिनेछ ।

लिखु–४ जलविद्युत् आयोजनाको निर्माणस्थल रामेछाप र ओखलढुङ्गा जिल्लामा पर्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...