घलेम्दि हाइड्रोपावर कम्पनीले १६ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने



हाम्रो इकोनोमि

घलेम्दि हाइड्रोपावर कम्पनीले १६ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि ५ करोड ५० लाख रुपैयाँको र दोस्रो चरणमा सर्वसाधारणको लागि ११ करोड रुपैयाँको सेयर जारी गर्ने भएको हो ।

म्याग्दी जिल्लाको नारच्याङ गाविसमा रहेको घलेम्दि खोलामा बन्ने यस आयोजना सुरुमा ४ मेगावाटको प्रस्ताव गरिएको भएपनि थप १ मेगावाट थपिएको छ । हुनतः यो आयोजनाबाट उत्पादन हुने ४ मेगावाट विद्युतको व्यवसायिक उत्पादन बिसं २०७४ कात्तिक ३० गते रहेको र थप एक मेगावाटको लागि सन् २०२० अगष्टमा १९ मा तोकिएको छ ।

तर आयोजनाले ४ मेगावाटको लागि पाएको अवधि नै एक वर्ष ढिला हुने क्रेडिट रेटिङ कम्पनी इक्राले उल्लेख गरेको छ ।

यो आयोजनाको लागत पनि उच्च रहेको छ । प्रतिमेगावाट १८ करोड ८० लाख रुपैयाँ बराबर लागत रहेको छ । सुरुमा कुल ७१ करोड ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको लागत ९४ करोड रुपैयाँ पुग्ने देखिएको छ । लगभग आयोजनाको लागि ६५ प्रतिशत काम सकिएको छ । पावरहाउस निर्माण, इलेक्ट्रो केमिकल इक्विपमेन्ट जडान र पेन स्टक जडानमा केही समस्या रहेको र समय लाग्ने देखिएको छ ।

हालसम्म लागेको ५८ करोड ३० लाखमध्ये भदौताका बैंकहरुबाट २९ करोड कर्जा लिएर र संस्थापकहरुले ३८ करोड ५० लाख लगानी गरेका छन् ।

कम्पनीलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ दिएको छ । यसले संस्थाको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...