घलेम्दि हाइड्रोपावर कम्पनीले १६ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने



हाम्रो इकोनोमि

घलेम्दि हाइड्रोपावर कम्पनीले १६ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि ५ करोड ५० लाख रुपैयाँको र दोस्रो चरणमा सर्वसाधारणको लागि ११ करोड रुपैयाँको सेयर जारी गर्ने भएको हो ।

म्याग्दी जिल्लाको नारच्याङ गाविसमा रहेको घलेम्दि खोलामा बन्ने यस आयोजना सुरुमा ४ मेगावाटको प्रस्ताव गरिएको भएपनि थप १ मेगावाट थपिएको छ । हुनतः यो आयोजनाबाट उत्पादन हुने ४ मेगावाट विद्युतको व्यवसायिक उत्पादन बिसं २०७४ कात्तिक ३० गते रहेको र थप एक मेगावाटको लागि सन् २०२० अगष्टमा १९ मा तोकिएको छ ।

तर आयोजनाले ४ मेगावाटको लागि पाएको अवधि नै एक वर्ष ढिला हुने क्रेडिट रेटिङ कम्पनी इक्राले उल्लेख गरेको छ ।

यो आयोजनाको लागत पनि उच्च रहेको छ । प्रतिमेगावाट १८ करोड ८० लाख रुपैयाँ बराबर लागत रहेको छ । सुरुमा कुल ७१ करोड ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको लागत ९४ करोड रुपैयाँ पुग्ने देखिएको छ । लगभग आयोजनाको लागि ६५ प्रतिशत काम सकिएको छ । पावरहाउस निर्माण, इलेक्ट्रो केमिकल इक्विपमेन्ट जडान र पेन स्टक जडानमा केही समस्या रहेको र समय लाग्ने देखिएको छ ।

हालसम्म लागेको ५८ करोड ३० लाखमध्ये भदौताका बैंकहरुबाट २९ करोड कर्जा लिएर र संस्थापकहरुले ३८ करोड ५० लाख लगानी गरेका छन् ।

कम्पनीलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ दिएको छ । यसले संस्थाको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...