नवराज सिलवाललाई पक्राउ गरेको हल्लाले यसरी तात्यो बजार,आखिर के गर्दैछन सिलवाल



हाम्रो इकोनोमि

ललितपुर क्षेत्र नम्बरका–१ का सांसद नवराज सिलवाल पक्राउ परेको बारे शुक्रबार बिहान केहीबेर हल्लीखल्ली भयो ।
केही अनलाइनले सिलवाल पक्राउ परेको समाचार पोष्ट गरेपछि सिलवालको फोनमा पत्रकार र शुभेच्छुकको फोनको रिङ एकोहोरो बज्न थाल्यो । जतिबेला सिलवाल पक्राउ परेको हल्ला सहरभरी फैलियो, त्यतिबेला उनी ललितपुरको गोटीखेलमा मतदातालाई धन्यवाद दिँदै हिंडेका थिए ।

उनले आफू पक्राउ परेको भन्ने हल्ला फिजाइएकामा आपत्ति प्रकट गरे । ‘म पक्राउ परेको छैन, जनतासँग विजयको खुसी साट्दै हिंडेको छु’, उनले भने, ‘किन मेरो बारेमा यस्ता वाहियात हल्ला बारम्बार चलाइन्छ, बुझ्न सकेको छैन ।’ सिलवालले पक्राउ पर्ने गरी आफूले कुनै कसुर नगरेको समेत स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...