यिनै मात्र हुन् पहाडीले जिताएका मधेशी र मधेशीले जिताएका पहाडी अनुहार



प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् ।

मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् ।

मध्यतराई र आसपासका क्षेत्रमा विगतमा चलाइएको मधेश आन्दोलनको प्रभाव रहे पनि जनताले जातीयता र क्षेत्रीयताका आधारमाा नभई राजनीतिक दल, उम्मेदवार, संगठन, लोकप्रियता र मुद्दाका आधारमा मताधिकार प्रयोग गरेको देखिएको छ ।

यही मंसिर २१ गते भएको निर्वाचनमा मोरङ क्षेत्र नं १, २ र ३ मा क्रमशः एमालेका घनश्याम खतिवडा, २ मा नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजाल र एमालेकै भानुभक्त ढकाल मधेशी समुदायको मतसहितले प्रतिनिधिसभामा विजयी हुनुभएको छ ।

भित्री मधेश मानिने सिरहा क्षेत्र नं ३ मा एमालेका लीलानाथ श्रेष्ठले मधेशी जनाधिकार फोरमका अशेश्वर यादवलाई र सिरहा १ मा काँग्रेसका प्रदीप गिरीले वाम गठबन्धनका गंगाप्रसाद यादवलाई पराजित गर्नुभएको छ । महोत्तरी १ मा नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलले संघीय समाजवादी फोरमका लक्ष्मी महतो र सोही जिल्लाका क्षेत्र नं २ मा राजपाका शरत्सिंह भण्डारीले काँग्रेसका किरण यादवलाई पराजित गरेको अर्काे रोचक उदाहरण पनि छ । सर्लाही १ मा राजपाका प्रमोद साह, धनुषा ४ मा एमालेका रघुवीर महासेठ र सर्लाही ४ मा फोरमका राकेशकुमार साह पहाडी मतदाता बढी भएका क्षेत्रबाट जित्ने मधेशी अनुहार हुनुहुन्छ ।

विगतमा मधेश आन्दोलनमा लागेका र एमालेका कारण आफूहरुको संविधान संशोधनको माग पूरा नभएको आवाज उठाउँदै आएका नेता हृदयेश त्रिपाठीले एमालेको सूर्य चिह्न लिएर नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा विजय हासिल गर्नुभएको छ । प्रदेश २ कै अर्काे जिल्ला रौतहट २ मा काँग्रेसका देवप्रसाद तिमल्सिना विजयी हुनुभएको छ । राजपा र फोरमको तालमेलका कारण तराई मधेसमा ती दल पहिलो भएका छन् भने एमाले, काँग्रेस र माओवादी केन्द्र पछाडि परेका छन् ।

विश्लेषक डा राजेश अहिराजले मधेशी जनताले मूलत ः संविधान संशोधनका पक्षमा मत जाहेर गरेको छ तर प्रत्यक्षतर्फ प्रतिनिधिसभामा प्रदेश नं २ का कूल ३२ स्थानमा वाम गठबन्धन सात स्थानमा विजयी हुनुले जनताले मेलमिलापको सन्देश पनि एकैसाथ दिएको बताउनुहुन्छ ।

एमालेलाई मधेशविरोधी चित्रण गर्न खोजिए पनि समानुपातिकतर्फ उसले पाएको सम्मानजनक मतले पनि त्यही संकेत गरेकाले एमालेले मधेशी भावनालाई सम्बोधन गर्नुपर्ने अहिराजको भनाइ छ ।

मधेशी पत्रकार संगठनका अध्यक्ष मोहनकुमार सिंह तराई मधेशमा मधेश आन्दोलनपूर्व देखिने सामन्ती सोच वा डर, त्रासका कारण एकै जाति समूहका नेतालाई बढी विजयी गराइएको पाइए पनि मधेश आन्दोलनमा त्यहाँका पहाडी समुदायले पनि स्वामित्व लिएकाले अहिलेको परिणाम आएको बताउनुहुन्छ । “कुनै दल, उम्मेदवार वा जातिका आधारमा होइन जनताका बीचमा काम र लोकप्रियताका कारण जनादेश आएको छ । यसलाई ध्यान दिएर विजेताले काम गर्नुपर्छ”, सिहंको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको