समानुपातिकको यस्तो छ पछिल्लो अपडेट, कांग्रेस र एमालेबीच कति फरक पर्‍यो ?



हाम्रो इकोनोमि

समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। एमाले र कांग्रेसको समानुपातिक मत हाराहारीमा पुगेको छ। पछिल्लो अपडेटअनुसार एमालेले ३० लाख १९ हजार ६२६ मत पाएको छ भने नेपाली कांग्रेसले २९ लाख ४७ हजार ६३७ मत सहित एमालेलाई पछ्याई रहेको छ ।

माओवादी केन्द्रले अहिलेसम्म जम्मा १२ लाख १५ हजार ७४५ मत पाएको छ ।चौथौ स्थानमा रहेको मधेस केन्द्रित दल संघिय समाजवादी फोरमले ४ लाख २८ हजार ९६१ मत पाएको छ भने ४ लाख ९ हजार १८९ मत ल्याउदै राष्ट्रिय जनता पार्टी (राजपा) पाँचौ स्थानमा छ। अहिलेसम्म तीन प्रतिशतको थ्रेसहोल्ड यीनै पाँच दलले मात्रै कटाएका छन् ।

नयाँ दलको रुपमा चर्चामा आएको विवेकशील साझालाई तीन प्रतिशतको थ्रेस होल्ड पार गर्न कठिन हुने देखिएको छ। अहिलेसम्म २ लाख १ हजार १९८ मत ल्याउदै छैठौं स्थानमा छ भने कमल थापा नेतृत्वको राप्रपाले १ लाख ९० हजार १४८ मत पाएको छ। राप्रपाको संभावना पनि अब लगभग सकिएको छ।

पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले ८३ हजार ३१५ मत ल्याएको छ भने बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले ७६ हजार ५०६ मत पाएको छ ।

नारायणमान विजुक्जे नेतृत्वका नेपाल मजदुर किसान पार्टीले ५२ हजार ८३६ मत ल्याएको छ । अन्य केहि साना दलहरुले ३ लाख २३ हजार ७२० मत पाएका छन् । समानुपातिक तर्फको मतगणना शुक्रबार साँझसम्ममा सकिने निर्वाचन आयोगले जनाएको छ । पाँच राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा)ले मात्रै ३ प्रतिशत मत कटाएका छन्। ३ प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...