प्रदेश ३ मा एमालेको एकल बहुमत,एकल बहुमतको सहायतामा राजेन्द्र पाण्डे मुख्य मन्त्री बन्ने निश्चित



समानुपातिक निर्वाचन अन्तर्गत प्रदेश ३ को मतगणना सकिएको छ। अन्तिम मतपरिणाम अनुसार प्रदेश ३ मा समानुपातिकमा एमालेले सवैभन्दा बढी मत ल्याएको छ। एमालेले प्रत्यक्ष र समानुपातिक गरी प्रदेश ३ मा एकल बहुमत प्राप्त गरेको छ। र त्यहाँको मुख्य मंत्री एमालेका राजेन्द्र पाण्डे बन्ने पक्कापक्की भएको छ।

अन्तिम मतपपरिणाम अनुसार एमालेले ६ लाख ६५ हजार २४९, कांग्रेस ५ लाख ४९ हजार ५०४, माओवादीले ३ लाख १२ हजार ९७, विवेकशील साझाले १ लाख १७ हजार १३९, राप्रपाले ५८ हजार १६३ र अन्य दलले १ लाख ५० हजार ९१४ मत पाएका छन्। समानुपातिकमा एमाले १६, कांग्रेस १४ र विवेकशीललाई ३ सिट पाउने भएका छन।

मत विभाजक सूत्र अनुसार प्रदेश सभाका लागि तोकिएको एक दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाउने दलमध्ये एमालेले सवैभन्दा बढी १६ सिट पाउनेछ। यस्तै, कांग्रेसले १४, माओवादी केन्द्र ८, विवेकशील साझाले ३, राप्रपा प्रजातान्त्रिकले १, राप्रपाले १ र नेपाल मजदुर किसान पार्टीले १ सिट पाउने भएका छन्। प्रदेश सभा सदस्य निर्वाचन एेन अनुसार समानुपातिक सिट पाउन एक दशमलव ५ प्रतिशत थ्रेसहोल्ड पार गर्नु पर्छ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको