प्रदेश ३ मा एमालेको एकल बहुमत,एकल बहुमतको सहायतामा राजेन्द्र पाण्डे मुख्य मन्त्री बन्ने निश्चित



हाम्रो इकोनोमि

समानुपातिक निर्वाचन अन्तर्गत प्रदेश ३ को मतगणना सकिएको छ। अन्तिम मतपरिणाम अनुसार प्रदेश ३ मा समानुपातिकमा एमालेले सवैभन्दा बढी मत ल्याएको छ। एमालेले प्रत्यक्ष र समानुपातिक गरी प्रदेश ३ मा एकल बहुमत प्राप्त गरेको छ। र त्यहाँको मुख्य मंत्री एमालेका राजेन्द्र पाण्डे बन्ने पक्कापक्की भएको छ।

अन्तिम मतपपरिणाम अनुसार एमालेले ६ लाख ६५ हजार २४९, कांग्रेस ५ लाख ४९ हजार ५०४, माओवादीले ३ लाख १२ हजार ९७, विवेकशील साझाले १ लाख १७ हजार १३९, राप्रपाले ५८ हजार १६३ र अन्य दलले १ लाख ५० हजार ९१४ मत पाएका छन्। समानुपातिकमा एमाले १६, कांग्रेस १४ र विवेकशीललाई ३ सिट पाउने भएका छन।

मत विभाजक सूत्र अनुसार प्रदेश सभाका लागि तोकिएको एक दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाउने दलमध्ये एमालेले सवैभन्दा बढी १६ सिट पाउनेछ। यस्तै, कांग्रेसले १४, माओवादी केन्द्र ८, विवेकशील साझाले ३, राप्रपा प्रजातान्त्रिकले १, राप्रपाले १ र नेपाल मजदुर किसान पार्टीले १ सिट पाउने भएका छन्। प्रदेश सभा सदस्य निर्वाचन एेन अनुसार समानुपातिक सिट पाउन एक दशमलव ५ प्रतिशत थ्रेसहोल्ड पार गर्नु पर्छ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...