एच आइ भी संक्रमित बालबालिका समस्यामा



हाम्रो इकोनोमि

बैतडीमा एच आइ भी संक्रमित बालबालिकाहरु समस्यामा परेका छन् ।

एच आई भी संक्रमित बालबालिकाहरुको शिक्षा,स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेको एच आइ भी को क्षेत्रमा काम गरिरहेको संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले जानकारी दिनुभयो । जिल्लामा हाल १९ जना एच आइ भी संक्रमित बालबालिकाहरु सम्पर्कमा आएको उहाँले बताउनुभयो । एच आइ भी संक्रमित बालबालिकामध्ये अधिकांशले अभिभावक गुमाईसकेकाले उनीहरुलाई झन् समस्या भएको छ । एच आइ भी संक्रमित बालबालिका मध्ये कतिपयले आमा र बुवा दुईटै गुमाईसकेका छन् भने धेरैले आमा वा बुवा मध्ये एकजना गुमाईसकेका छन् ।

एच आइ भी संक्रमित बालबालिकाहरुका लागि सरकारका तर्फबाट पनि त्यस्तो खालको कुनै कार्यक्रम नभएकाले उनीहरुले शिक्षाबाट वञ्चित भईरहेका छन् । संक्रमित बालबालिकाहरुलाई अहिले बहुउद्देश्यीय विकास समाज डडेल्धुराले मासिक एक हजारका दरले छात्रवृति र औषधिको व्यवस्था गर्दै आएको भएपनि १८ बर्षमाथिका लाई भने कुनै सहयोग नभएको पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...