भारतमा सर्बाधिक बिक्री हुने पत्रिकाले लेख्यो-ओलीले भारतलाई बलिको बोको यसरी बनाए,भारत भयभीत भएको यस्तो छ समाचार



भारतमा सबभन्दा धेरै बिक्री हुने अंग्रेजी पत्रिका द टाइम्स अफ इन्डियाको बुधवार प्रकाशित एक विश्लेषणमा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भारत भयभीत भएको संकेत पाइएको छ ।

सचिन पराशरको बाइलाइन रहेको उक्त विश्लेषणमा वाम गठबन्धनको विजयपछि नेपालले भारतको छिमेक नीतिको सबभन्दा ठूलो चुनौती पेश गरेको भनी लेखिएको छ ।
लेखमा भनिएको छ :

कम्युनिस्टहरू नेपालको सत्तामा आउन ठिक्क परेको बेलामा भारतका लागि हौवाका रूपमा रहेका केपी शर्मा ओली प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । बेइजिङमोहलाई रहस्यमा राख्न नचाहने ओली वाम गठबन्धनको ठूलो साझेदारको नेताका रूपमा प्रधानमन्त्री बन्दैछन् ।

ओलीलाई गत वर्ष प्रधानमन्त्री पदबाट राजीनामा दिन लगाइएपछि उनले भारतविरुद्ध नेपालको सरकार परिवर्तन गरेको आरोप लगाएका थिए । रिमोट कन्ट्रोलमार्फत माओवादीलाई आफ्नो सरकारको समर्थन फिर्ता लिन लगाएको उनको आरोप थियो ।

छरिएर रहेका कम्युनिस्ट पार्टीहरूलाई एकजुट पारेर चीनले वास्तवमा संसदीय निर्वाचनअघि कू नै ग–यो । रणनीतिक मामिलाका विज्ञ ब्रह्मा चलानीले नेपालको कम्युनिस्ट सरकार बेइजिङप्रति बफादार हुने बताएका छन् ।

‘अघिल्लो कार्यकालमा ओलीले मधेशी तथा भारतसँगको तनाव बढाएका थिए । उनका आलोचकहरू उनलाई चिल्ला ओली भन्छन् र उनले नेपालको राजनीतिक तथा संवैधानिक संकटका लागि भारतलाई बलिको बोको बनाए । उनी सत्तामा फर्कनु भनेको भारतका लागि खराब समाचार हो,’ चलानी टिप्पणी गर्छन् ।

पूर्व विदेशसचिव कँवल सिब्बलले ओली चीनबाट होशियार हुनुपर्ने बताए । कम्युनिस्टहरूलाई एकै ठाउँमा उभ्याउनका लागि पर्दापछाडिको खेल खेलेको चीनले चुनावपछि त्यसको असुलउपर गर्न खोज्ने उनी बताउँछन् ।

‘नेपालमा चीनको प्रभावका बारेमा सबैलाई थाहा छ । ओलीले सत्ता सम्हालेपछि सुझबुझका साथ कदम चाल्नेछन् अनि भारतका लागि टाउकोदुखाइ हुनेछैनन् भनी आशा गरौं,’ सिब्बलले भने ।

भारतसमर्थक नेपाली कांग्रेसले अभूतपूर्व रूपमा बेइज्जतीपूर्ण पराजय बेहो–यो ।

ओलीको कार्यकालमा अघिल्लो वर्ष नेपालले चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेर भारतसँगको निर्भरतालाई घटाउन खोजेको थियो । गत महिना एक चुनावी –यालीमा ओलीले नेपालमा आर्थिक नाकाबन्दीको युग चीनसँगको सम्झौतापछि अन्त्य भएको भनेका थिए ।

दुई वर्षअघि भारतले नेपालमा नाकाबन्दी लगाउँदा ओलीले यसरी भूपरिवेष्ठित मुलुकविरुद्ध नाकाबन्दी लगाइनु अन्तर्राष्ट्रिय सन्धि, मूल्य र मान्यताको उल्लंघन भएको बताएका थिए ।

दक्षिण एसियाली क्षेत्रमा चीनको बढ्दो प्रभावका कारण दबाबमा रहेको भारतले ओली श्रीलंका र माल्दिभ्स जस्तो गरी चीनसँग ननजिकिऊन् भनी सुनिश्चित गर्नुपर्छ ।

चलानी भन्छन्, ‘माल्दिभ्समा आफ्नो प्रभाव कम भएपछि भारतले नेपालमा पनि प्रभाव कम हुँदै गएको देख्नुपरिरहेको छ । अघिल्लोचोटि गठबन्धन सरकारको कमजोर धरातलभन्दा विपरीत ओली यसपाली सत्तामा लामै समय
रहनेछन् । नयाँ संविधानले प्रधानमन्त्रीविरुद्ध कम्तीमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको