यमनमा साउदी नेतृत्वको सेनाद्वारा आक्रमण हुँदा ३१ को मृत्यु



हाम्रो इकोनोमि

यमनको राजधानी सानामा एक कारागारको सुरक्षार्थ रहेको प्रहरी शिवीरमा भएको हवाई कारबाहीमा ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ ।

यस कारबाहीमा परी अन्य ५९ जना घाइते भएका छन् । हुथी विद्रोहीको नियन्त्रणमा रहेको राज्यको समाचार समिति साबाले सो जानकारी दिएको छ ।

साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सो कारबाही गरेको हो । सुरक्षा अधिकारीले सुरुमा दिएको जानकारीअनुसार बुधबार बिहान सबेरै साना सहरको प्रमुख केन्द्रमा अवस्थित एक कारागार भवनभित्र रहेको प्रहरी शिवीरमा साउदी अरेबियासँग आवद्ध सात वटा हवाई कारबाहीमा १२ कैदीको मृत्यु हुनुको साथै अन्य ८० घाइते भएका थिए ।

तर प्राप्त पछिल्लो समाचारनुसार यस कारबाहीमा मारिने व्यक्तिको सङ्ख्या ३१ पुगेको नाम नबताउने शर्तमा एक अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

साथै नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले सिन्हवा समाचार समितिलाई हवाई कारबाहीमा परेको सो जेलमा पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहका समर्थक रहका जानकारी दिएका छन् ।

यमनका राष्ट्रपति अब्दरब्बु हादीको सहयोग गर्दै साउदी अरेबियाले हवाई आक्रमण गर्दै आएको छ । सन्।२०१५ मा हुथीले जारी राखेको द्वन्द्वको क्रममा हादी साउदी अरेबियाको शरणमा पुग्नु भएको थियो ।

यमनमा सन् २०१५ बाट जारी द्वन्द्वमा परी बालबालिकासहित १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको र ३० लाख व्यक्ति विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...