स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अवस्थामा सुधार



हाम्रो इकोनोमि

जिल्लामा स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने महिलाको अवस्थामा सुधार आएको पाइएको छ । महिलामा चेतनाको स्तर वृद्धि हुँदै जाँदा पछिल्लो समय स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुने महिलाको संख्या बढ्दो छ ।

स्वास्थ्य कार्यालयले २०६८ बाट जिल्लामा सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रमले स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने महिलालाई ठूलो सघाउ पुगेको हो ।

नेपालमा करिब ६० प्रतिशत महिला स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गरेको तथ्यांक छ भने पाल्पा जिल्लामा ८५ प्रतिशत पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले उपलब्ध गराएको आमा सुरक्षा कार्यक्रमअन्तर्गत न्यानो कपडा वितरण, स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत रु एक हजार यातायात खर्च र चारपटकसम्म गर्भ परीक्षण गराउनेलाई रु ४०० प्रदान गर्न थालेपछि स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुन थालेको उहाँले बताउनुभयो ।

रामपुरकी लक्ष्मी रानाले तीन वटा बच्चा स्वास्थ्य संस्थामा नै गएर जन्माउनुभयो । “स्वास्थ्य संस्थामा नै गएर तीनपटकसम्म बच्चा जन्माउँदा यातायात खर्च एक÷एक हजार र चारपटक गर्भ परीक्षण गराएको चार÷चार सय रकम र बच्चा तथा आमाका लागिसमेत कपडा बुझेको छु”, उहाँले भन्नुभयो । सुरक्षित तरिकाले सुत्केरी हुन पाएपछि आमा र बच्चाको ज्यान जोखिमुक्त हुने हुँदा स्वास्थ्यमा नै गएर बच्चा जन्माउन अरुलाई पनि सल्लाह दिने गरेको लक्ष्मीले बताउनुभयो ।

जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज प्रभास, ताहुँ र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसँगै २० वटा स्वास्थ्य चौकी गरी जिल्लाभरिमा कूल २५ वटा स्वास्थ्य संस्थाबाट आमा सुरक्षा कार्यक्रम लागू भइरहेको छ । यी स्वास्थ्य संस्थामा निःशुल्क सुत्केरी गराउने व्यवस्था छ । जिल्लाको मिशन अस्पताल तानसेनमा आमा सुरक्षा कार्यक्रम लागू नभए पनि त्यहाँबाट पनि सुरक्षित सुत्केरी गराउने व्यवस्था छ ।

आव २०७३÷७४ को असार मसान्तसम्ममा लुम्बिनी मेडिकल कलेज प्रभासमा दुई हजार ३५९, मिशन अस्पतालमा दुई हजार ९३, रामपुर अस्पतालमा २४१, मदनपोखरा स्वास्थ्य चौकीमा ११८, ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा ८८, छहरा प्राथमिक स्वास्थ्य चौकीमा ७३ र अन्य अस्पतालमा गरी पाँच हजार ३३७ जना स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएका छन् ।

कार्यालयको तथ्यांकअनुसार २०७१÷७२ मा छ हजार ५०० र २०७२÷७३ मा छ हजार ३०० महिला स्वास्थ्य संस्थामा नै गएर सुत्केरी भएकाले जिल्लामा पछिल्लो समय मातृशिशु तथा नवजात शिशुको मृत्युदर न्यून हुँदै गएको हो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...