म्याग्दीमा सबैभन्दा ठूलो १९ करोड लागतमा ५० श्यया अस्पताल भवन बन्दै



हाम्रो इकोनोमि

म्याग्दीको सदरमुकाम बेनीमा ५० श्यया क्षमताको सुविधासम्पन्न अस्पतालको भवन निर्माण कार्य शुरु भएको छ ।

करिब रु १९ करोड लागतमा निर्माण गर्न लागिएको बेनी अस्पतालको भवन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्कामार्फत काम शुरु गरेको हो ।

चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने सो भवन चार तलाको रहनेछ । विसं २०७३ मंसिर २१ गते महादेव खिम्ती ज्वाला सफिना जेभीले ठेक्का पाएको सो भवन निर्माण कार्यको मंगलबार बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र जिल्ला स्वास्थ्य प्रमूख रोशन न्यौपानेले संयुक्तरुपमा शिलान्यास गरेका छन ।

भूकम्प प्रतिरोधी क्षमताको निर्माणाधीन भवन अपांगमैत्री हुने अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । यो भवन म्याग्दीमा हालसम्म निर्माण भएकामध्ये सबैभन्दा ठूलो र धेरै लागतको भएको इञ्जिनियर प्रकाश अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...