साढे १७ अंकले झर्यो बजार, ६६ करोड ९२ लाखको सेयर कारोवार



हाम्रो इकोनोमि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १७.५४ अंकले घटेर १५१०.२१ अंकमा ओर्लिएको छ।

कारोबारको सुरुवाति आधा घण्टामा शेयर बजारमा २ अंकले बढेको थियो। त्यसपछि लगातार घटेको शेयर दुई बजे सम्हालिन खोजे पनि कारोबारको अन्तिम आधा घण्टामा घटेर बन्द भएको हो।

दिनभरमा १५७ कम्पनीका ११ लाख ८० हजार कित्ता शेयर किनबेच भएका छन्। ६६ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ। अघिल्लो दिनको कारोबारको तुलनामा २० करोड रुपैयाँ बढि हो। सबैभन्दा बढी ग्लोबल आइएमइ बैंकको पाँच करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीहरुका १० उपसूचकमा नौ उपसूचक घटेका छन्। सबैभन्दा बढी काबेली विकास बैंकका शेयरधनीले करिब नौ प्रतिशत कमाएका छन्। राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले करिब ६ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...