यी हुन् कम मतान्तरमा जितेर साम्सद बन्ने सौभाग्य पाएका भाग्यमानीहरु



हाम्रो इकोनोमि

शनिबार साँझसम्म प्रतिनिधिसभाका १ सय ६५ मध्ये ५१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। जसमध्ये केही क्षेत्रमा थोरै मात्र मतले हारजित भएको छ। ५१ मध्ये ७ निर्वाचन क्षेत्रमा १ हजारभन्दा कम मतले हारजित भएको निर्वाचन आयोगले जनाएको छ। यी हुन् १ हजारभन्दा कम मतान्तरले जित्ने सांसद–

१.छक्कबहादुर लामाः ४७ मत

कांग्रेस र वाम गठबन्धनका उम्मेदवारलाई ‘छक्क’ पार्दै हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले जित हात पारे। ४७ मतान्तरले उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले ८ हजार ४ सय ९१ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत ल्याए।

२.पाल्तेन गुरुङः२७९ मत

थोरै मतदाता भएको मनाङमा हारजित पनि थोरै मतान्तरले भएको छ। एमालेका पाल्तेन छोपाङ गुरुङ २ सय ७९ मतान्तरले विजयी भए। उनले २३ सय मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१ मत ल्याए।

३.प्रेम तुलाचनः ३६३ मत

मुस्ताङमा प्रतिनिधसभा सदस्यमा ३ सय ६३ मतान्तरले हारजित भएको छ। एमालेका प्रेमप्रसाद तुलाचन ३५ सय ४४ मत ल्याएर विजयी भए भने कांग्रेसका रोमी गौचन थकाली ३१ सय ८१ मत ल्याएर पराजित भए। Nepal Live

४.जीवनराम श्रेष्ठः४४४ मत

काठमाडौंको क्षेत्र नम्बर ८ मा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर भयो। अन्तिममा एमालेका जीवनराज श्रेष्ठले ४ सय ४४ मतले कांग्रेसका नवीन्द्रराज जोशीलाई निराश बनाए। श्रेष्ठले १३ हजार ३ सय ९७ मत ल्याए भने जोशीले १२ हजार ९ सय ५३ मत प्राप्त गरे।

५.खेमप्रसाद लोहनीः ६३९ मत

धादिङ क्षेत्र नम्बर २ मा पनि थोरै मतान्तरले हारजित भयो। एमालेका खेमप्रसाद लोहनी ६ सय ३९ मतले विजयी भए। उनले ३६ हजार ६ सय ५४ मत ल्याए भने कांग्रेसका उम्मेदवार दिलमान पाख्रिनको ३६ हजार १५ मत आयो।

६.लालबाबु पण्डितः ६७५

मोरङ क्षेत्र नम्बर ५ मा एमाले नेता लालबाबु पण्डितले कांग्रेसका ‘हेभिवेट’ नेता डा शेखर कोइरालालाई पराजित गरे। गढ तोडे । उनले डा कोइरालालाई ६ सय ७५ मतान्तरले पराजित गरेका हुन्। पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याए भने डा कोइरालाले ३३ हजार २ सय ६६ मत ल्याए।

७. प्रकाशमान सिंहः ८१८ मत

काठमाडौंको क्षेत्र नम्बर १ मा पनि कडा टक्कर भयो। कांग्रेसका नेता प्रकाशमान सिंहले सुरुदेखि नै थोरै मतको अग्रता लिए र विजयी भए। विवेकशील साझाका रविन्द्र मिश्र दोस्रो भए। सिंहले ८ सय १८ मतले पहिलो पटक चुनावमा लडेका मिश्रलाई पराजित गरे।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...