रुक्माङगद कटुवाल र अनुराधा कोइराला सहितका यी हुन् सात जना भाग्यमानी जसले मुख्यमन्त्रीको सपथ यसरी गराउने छन्



नयाँ सरकार बनाउने तयारीमा रहेको प्रमुख पार्टी एमालेको विरोधका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाले समाजसेवी अनुराधा कोइरालादेखि पूर्व सेनापति रुक्माङगद कटुवालसम्मलाई प्रदेश प्रमुख तोक्ने अन्तिम तयारी गरेका छन्।

सात प्रदेशमा सात जना गभर्नरका लागि अहिले ‘कांग्रेस निकट तर स्वतन्त्र छवि भएका’ व्यक्तित्वहरूको नाममाथि बालुवाटारमा अन्तिम छलफल भइरहेको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार समाजसेवी अनुराधा कोइराला, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, शक्षिविद् केदारभक्त माथेमा, पूर्व प्रधान सेनापति रुक्माङगद कटुवाल, पूर्व न्यायाधिश राम नगिना सिंह लगायतलाई गर्भनरमा नियुक्त गर्ने छलफल भइरहेको छ।

‘पार्टीका कार्यकर्ता होइन, लोकतान्त्रिक छवि भएका र समाजमा स्थापित व्यक्तिलाई नियुक्त गर्ने तयारी गरिएको हो’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘अहिले चर्चामा आएका नाम नै अन्तिम भने होइनन्।’

सामाजिक अभियानमा सक्रिय अनुराधा कोइराला चुनावअघि मात्र औपचारिक रुपमा कांग्रेसमा प्रवेश गरेकी थिइन भने रुक्माङगद कटुवाल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सेनापति नियुक्तिको विवादमा परेर बढी चर्चामा आएका थिए।

प्रदेशसभामा निर्वाचित सदस्यहरूलाई सपथ गराउनेदेखि प्रदेशका मुख्यमन्त्रीको निर्वाचन र सपथ गराउनेसम्मको कार्य तत्काल गर्नु पर्ने भएकाले बिहिबार बस्ने मन्त्री परिषद्को बैठकले गभर्नर नियुक्तिको निर्णय गर्ने तयारी भइरहेको हो।

‘यो नियुक्त पहिले नै हुनुपर्ने हो, तर निर्वाचनअघि विवाद होला भनेर अहिले गर्न लागिएको हो’, स्रोतले भन्यो, ‘देउवा सरकारले संविधान अनुसार पाँच वर्षका लागि नियुक्त गर्छ, पछि आउने सरकारले के गर्छ त्यो उसको कुरा भयो।’

संविधानमा यस्तो छ प्रदेश प्रमुखको अधिकार
प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकारः
१. प्रदेश प्रमुखले यो संविधान वा कानून बमोजिम निजलाई प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ।
२. उपधारा (१) बमोजिम अधिकारको प्रयोग गर्दा वा कर्तव्यको पालन गर्दा यो संविधान वा कानून बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्य बाहेक प्रदेश प्रमुखबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य प्रदेश मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ। त्यस्तो सिफारिस र सम्मति मुख्यमन्त्री मार्फत पेश हुनेछ।
३. उपधारा (२) बमोजिम प्रदेश प्रमुखको नाममा हुने निर्णय वा आदेश र तत्सम्बन्धी अधिकारपत्रको प्रमाणीकरण प्रदेश कानून बमोजिम हुनेछ। प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ।
२. उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ।
३. प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ।
४. उपधारा (२) वा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले त्यसरी नियुक्त भएको तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ।
५. उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ।
६. उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ।
७. उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालाई विघटन गरी छ महीनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्नेछ।
८. यस संविधान बमोजिम भएकोप्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा मुख्यमन्त्रीको पद रिक्त भएको मितिले पैंतीस दिनभित्र यस धारा बमोजिम मुख्यमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको