सुन्तला उत्पादनमा कमी



हाम्रो इकोनोमि

यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमी आएको छ ।

सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको कमीले उत्पादनमा पाँच प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी दिनुभयो ।

गत वर्ष छ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष छ हजार मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको छ ।

जिल्लामा एक हजार ३५० हेक्टर क्षेत्र सुन्तला उत्पादनशील भए पनि ७८० हेक्टरमा मात्रै सुन्तला खेती गरिएको छ । यस वर्ष सुन्तला प्रतिकिलो रु ५५ का दरले बिक्री भइरहेको छ । किसानले करिब रु तीन करोड ५० लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

जिल्लाका कृस्तिनाच्नेचौर, निर्मलपोखरी, पुम्दीभुम्दी, भरतपोखरी, थुम्की र सल्यानमा सुन्तला उत्पादन पर्याप्त मात्रामा हुनेगर्दछ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...