अफगान बलको कारबाहीमा नौजना आइएस मारिए



हाम्रो इकोनोमि

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले आइतबार बिहान गरेको कारबाहीका क्रममा नौजना आइएस सशस्त्र आतङ्ककारी मारिएका छन् ।

यस कारबाहीका क्रममा अन्य चारजना आतङ्ककारी घाइतेसमेत भएका पनि समाचारमा जनाइएको छ ।

यस कारबाहीका क्रममा नौजना इस्लामिक स्टेटस् ९आइएस०का आतङ्ककारी मारिएका प्रान्तीय सरकारका प्रवक्ता अताउल्लाह खोग्यानीले सोमबार सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ ।

नान्गाहार प्रान्तको एक जिल्लामा लुकेर बसेका आतङ्ककारीलक्षित सुरक्षा कारबाहीमा आइएसका ती लडाकू मारिनुका साथै घाइते भएका थिए । उनीहरुलाई केही तालिबानका लडाकूले संरक्षण दिएको पनि खुलेको छ ।

यस कारबाहीका क्रममा आइएस लडाकू लुकेर बस्ने गरेका केही बासस्थानसमेत ध्वस्त भएको र हातहतियारसमेत बरामद गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

नान्गाहार प्रान्तमा आतङ्ककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ । अफगान र अन्तर्राष्ट्रिय बलले गएको केही महिनायता सोही जिल्लामा गरेको कारबाहीका क्रममा आइएसका सयौँ सशस्त्र लडाकू र कमाण्डरसमेत मारिएका छन् ।

सो क्षेत्रमा अफगानिस्तानको सेनाले यसअघि पनि सशक्त कारबाही चलाएको थियो । जसका कारण दर्जनौँ लडाकूले ज्यान गुमाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...