अफगान बलको कारबाहीमा नौजना आइएस मारिए



अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले आइतबार बिहान गरेको कारबाहीका क्रममा नौजना आइएस सशस्त्र आतङ्ककारी मारिएका छन् ।

यस कारबाहीका क्रममा अन्य चारजना आतङ्ककारी घाइतेसमेत भएका पनि समाचारमा जनाइएको छ ।

यस कारबाहीका क्रममा नौजना इस्लामिक स्टेटस् ९आइएस०का आतङ्ककारी मारिएका प्रान्तीय सरकारका प्रवक्ता अताउल्लाह खोग्यानीले सोमबार सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ ।

नान्गाहार प्रान्तको एक जिल्लामा लुकेर बसेका आतङ्ककारीलक्षित सुरक्षा कारबाहीमा आइएसका ती लडाकू मारिनुका साथै घाइते भएका थिए । उनीहरुलाई केही तालिबानका लडाकूले संरक्षण दिएको पनि खुलेको छ ।

यस कारबाहीका क्रममा आइएस लडाकू लुकेर बस्ने गरेका केही बासस्थानसमेत ध्वस्त भएको र हातहतियारसमेत बरामद गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

नान्गाहार प्रान्तमा आतङ्ककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ । अफगान र अन्तर्राष्ट्रिय बलले गएको केही महिनायता सोही जिल्लामा गरेको कारबाहीका क्रममा आइएसका सयौँ सशस्त्र लडाकू र कमाण्डरसमेत मारिएका छन् ।

सो क्षेत्रमा अफगानिस्तानको सेनाले यसअघि पनि सशक्त कारबाही चलाएको थियो । जसका कारण दर्जनौँ लडाकूले ज्यान गुमाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको