वीरगञ्जका बजारमा भारतले प्याज



भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि दैनिक रु १५ लाखभन्दा बढी मूल्य बराबरको भारतीय प्याज वीरगञ्ज बजारमा भित्रिने गरेको छ ।

अहिले दैनिक एक हजार क्विन्टल प्याज भित्रिने गरेको छ । यहाँका व्यापारीले भारतको रक्सौलबाट साइकलमा दैनिक प्याज ल्याउने गरेका छन् ।

प्याजको लागि मुख्य मण्डी मीनाबजार हो । यहाँ करिब १५ जना थोक व्यापारी छन् । यहाँबाट प्याज पोखरा, काठमाडाँै, नारायणघाटलगायत क्षेत्रमा बिक्री गरिन्छ । वीरगञ्जमा प्याजको मूल्य प्रतिकिलो रु ७२ पर्छ । यहाँका व्यापारीले प्याज खुद्रामा प्रतिकिलो रु १०० मा बिक्री गर्दैआएका छन् ।

चालु आवको पहिलो चौमासिकमा वीरगन्ज नाकाभएर रु १२ करोड ९३ लाख ६ हजार मूल्य बराबरको ४० लाख १० हजार ८ किलो प्याज भारतबाट नेपाल भित्रिएको वीरगन्ज भन्सारका सूचना अधिकारी संतोष यादवले बताउनुभयो । यस क्रममा रु ६५ लाख ६८ हजार राजस्व संकलन भएको छ ।

भारतीय बजारबाट दर्जनौ नाका भएर अहिले व्यापारी भारतीय प्याज तस्करी गरी नेपाल भित्र्याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने

    सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने