समानुपातिकमा एमाले पछ्याउँदै कांग्रेस, राजपा चौथो नम्बरमा



हाम्रो इकोनोमि

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा अधिकांश जिल्लामा समानुपातिकतर्फको मतगणना तीव्र गतिमा अघि बढेको छ।

प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ एमालेले अग्रता लिएको छ। जसलाई कांग्रेसले झिनो मनान्तरले पछ्याइरहेको छ।

निर्वाचन आयोगबाट दिउँसो साढे २ बजे प्राप्त मतपरिणाम अनुसार एमालेले गणना भइरहेका जिल्लाबाट ४ लाख ४३ हजार ५ सय ३ मत प्राप्त गरेको छ। कांग्रेस ४ लाख २५ हजार ७६ मतसहित पछ्याइरहेको छ।

माओवादी केन्द्रले २ लाख ४ हजार ७ सय ५७ मत प्राप्त गरेको छ। चौथो नम्बरमा राष्ट्रिय जनता पार्टी नेपालले २५ हजार ५ सय ९८ मत ल्याएको छ। विवकेशील पार्टी नेपाल पाँचौ स्थानमा छ। उसले २२ हजार ७ सय २७ मत ल्याएको छ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...