भोलिदेखि लागू हुने गरी बढ्यो हवाई भाडा, हेर्नुहोस् कहाँ को भाडा कति ?



हाम्रो इकोनोमि

वायुसेवा सञ्चालकहरूले मंगलबारदेखि लागू हुने गरी हवाई भाडा बढाएका छन् । निजी वायुसेवा सञ्चालकहरूको संस्था वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो । हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेसँगै इन्धन सहचार्ज बढाएको संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

काठमाडौंदेखि धनगढीसम्मको भाडामा २ सय २० रुपैयाँ बढेको संघले जनाएको छ । यसअघि काठमाडौंदेखि धनगढीसम्मको भाडा १२ हजार १ सय रुपैयाँ थियो । तर, अब नयाँ भाडादरअनुसार काठमाडौंदेखि धनगढीसम्म जानका लागि १२ हजार ३ सय २० रुपैयाँ पर्नेछ । नयाँ भाडादर मंसिर २६ गतेदेखि कार्यान्वयनमा ल्याउन लागेको संघका सदस्य तथा सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापाले जानकारी दिएका छन् ।वृद्धि भएको भाडादर हेर्दा धनगढी जानेले सबैभन्दा धेरै तिर्नुपर्ने भएको छ ।

आयल निगमले गत शुक्रबार हवाई इन्धन प्रतिलिटर ८२ रुपैयाँबाट बढाएर ८७ कायम गरेको थियो । काठमाडौंदेखि सिमरासम्मको हवाई भाडामा ४५ रुपैयाँ बढेको छ । यसअघि ३ हजार ५ रुपैयाँ रहेको सिमरासम्मको भाडा बढेर ३ हजार ५० कायम भएको छ ।

कहाँको भाडा कति ?

गन्तव्य-बढेको भाडा (रुपैयाँ)- जम्मा भाडा

माउन्टेन फ्लाइट- १७०- ११,०२०
पोखरा- ८०- ४,७३०
भैरहवा- १०५- ६,०५५
भरतपुर- ५५- ३,५०५
विराटनगर- १२०- ७,२२०
नेपालगन्ज- १६५- ९,५६५
भद्रपुर- १५०- ८,७५०
धनगढी- २२०- १२,३२०
जनकपुर-६०-४०१०
सिमरा-४५-३,०५०
तुम्लिङटार-९५-५,७२०

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...