देउवा सरकारका दुई भाई लाठे उप-प्रधानमन्त्रीलाई हराउन तम्सिएका यी हुन् दुई महिला



हाम्रो इकोनोमि

प्रतिनिधिसभा निर्वाचनमा वर्तमान सरकारका दुई उपप्रधानमन्त्रीसँग दुई महिला नेतृ जीतका लागि सङ्घर्षरत छन् । स्याङ्जा २ का उम्मेदवार गोपालमान श्रेष्ठसँग नेकपा एमालेकी नेतृ पद्मा अर्यालले सहज जीत निकाल्ने सम्भावना देखिएको छ । अहिलेसम्मको मतपरिणाम हेर्ने हो भने अर्यालले ७२३९ मत प्राप्त गरिसकेकी छिन् भने श्रेष्ठको मत ५ हजार ९३२ रहेको छ । मतपत्र सम्बन्धि विवादका कारण हिजोदेखि मात्र मतगणना शुरु भएको स्याङजामा अहिले भने धमाधम मतगणना भइरहेको छ । यसैगरी सुनसरी ३ बाट नेपाली कांग्रेसका उम्मेदवार एवं अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीले प्रतिष्पर्धा गरिरहेकी छिन् । त्यहाँको प्रतिष्पर्धा निक्कै रोचक मोडमा पुगेको छ । गच्छदारभन्दा चौधरी मात्र १५५ मतले मात्र अघि छन् । पछिल्लो मतपरिणाम अनुसार चौधरीले २९३२६ मत प्राप्त गरेकी छन् भने गच्छदारले २९ हजार १७१ देखिन्छ । एक लाख ९ हजार ९ सय १७ मतदाता रहेको सुनसरी ३ मा ६४ हजार २३१ मत खसेको विवादका कारण केही समयदेखि उक्त क्षेत्रको मतगणना स्थगित भएको छ । मतगणना चल्दै गर्दा अर्धकट्टीसहितको मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको हो । नेकपा एमालेले अर्धकट्टीसहितको मतपत्र भेटिएपछि आपत्ति जनाए पछि मतगणना अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...