देउवा सरकारका दुई भाई लाठे उप-प्रधानमन्त्रीलाई हराउन तम्सिएका यी हुन् दुई महिला



हाम्रो इकोनोमि

प्रतिनिधिसभा निर्वाचनमा वर्तमान सरकारका दुई उपप्रधानमन्त्रीसँग दुई महिला नेतृ जीतका लागि सङ्घर्षरत छन् । स्याङ्जा २ का उम्मेदवार गोपालमान श्रेष्ठसँग नेकपा एमालेकी नेतृ पद्मा अर्यालले सहज जीत निकाल्ने सम्भावना देखिएको छ । अहिलेसम्मको मतपरिणाम हेर्ने हो भने अर्यालले ७२३९ मत प्राप्त गरिसकेकी छिन् भने श्रेष्ठको मत ५ हजार ९३२ रहेको छ । मतपत्र सम्बन्धि विवादका कारण हिजोदेखि मात्र मतगणना शुरु भएको स्याङजामा अहिले भने धमाधम मतगणना भइरहेको छ । यसैगरी सुनसरी ३ बाट नेपाली कांग्रेसका उम्मेदवार एवं अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीले प्रतिष्पर्धा गरिरहेकी छिन् । त्यहाँको प्रतिष्पर्धा निक्कै रोचक मोडमा पुगेको छ । गच्छदारभन्दा चौधरी मात्र १५५ मतले मात्र अघि छन् । पछिल्लो मतपरिणाम अनुसार चौधरीले २९३२६ मत प्राप्त गरेकी छन् भने गच्छदारले २९ हजार १७१ देखिन्छ । एक लाख ९ हजार ९ सय १७ मतदाता रहेको सुनसरी ३ मा ६४ हजार २३१ मत खसेको विवादका कारण केही समयदेखि उक्त क्षेत्रको मतगणना स्थगित भएको छ । मतगणना चल्दै गर्दा अर्धकट्टीसहितको मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको हो । नेकपा एमालेले अर्धकट्टीसहितको मतपत्र भेटिएपछि आपत्ति जनाए पछि मतगणना अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...