सिँचाइ अभावमा तोरी उत्पादनमा कमी



हाम्रो इकोनोमि

पर्याप्त जग्गा हुँदा पनि सिँचाइ सुविधा नहुँदा तोरी उत्पादनमा कमी आउने गरेको छ ।

बर्सेनि तोरीखेतीका लागि आकाशे पानीको भर पर्नु पर्छ । स्थानीयवासीले प्रशस्त खेतीयोग्य जमिन हुँदाहुँदै पनि तोरी उत्पादन नहुँदा बजारबाट तेल किनेर खान बाध्य भएको बताएका छन् ।

दाङ तोरीखेतीका लागि प्रख्यात जिल्ला भए पनि हाल भने जिल्लामा पर्याप्त उत्पादन हुन सकेको छैन । कुनै बेला प्रति परिवारले चारदेखि पाँच क्वीन्टलसम्म तोरी उत्पादन गर्दथे । केही वर्षयता तोरी उत्पादनमा गिरावट आएको स्थानीयवासी एकराज खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कुनै समयमा दाङको रक्षाचौर र मजुवालगायतका क्षेत्रमा प्रशस्त तोरी उत्पादन हुने गर्दथ्यो, हाल सिँचाइ सुविधा नहुँदा तोरी उत्पादन हुदैन् ।’’

सो क्षेत्रमा तोरीका लागि श्रीकुला सिँचाइ योजना भए पनि सो कुलो जीर्ण हँुदा सिँचाइ गर्न सकिएको छैन । “खोला सुक्दै गएका कारण झन समस्या भएको छ,” तुलसीपुर– ४ का रामबहादुर खड्काले भन्नुभयो, अहिले तेल किन्नु परिरहेको छ ।”

“कुनै समय हाम्रो एक कठ्ठा खेतमा डेढमुरीसम्म तोरी फल्थ्यो,” तुलसीपुर–४ का मानबहादुर वलीले भन्नुभयो । सिँचाइ सुविधा नहुँदा यहाँका बासिन्दा खेतीयोग्य जमिन हुँदाहुदै पनि तेल किनेर खान बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...