प्रचण्ड करिब ४५ सय मतले अगाडि,अमरेश हजार मतले पछाडि



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ मा ४५ सय ६९ मतले अगाडि देखिएका छन्। उनले १८ हजार ४ सय ३ मत प्राप्त गरिसकेका छन्। उनको प्रतिद्वन्दी राप्रपा लोकतान्त्रिकका विक्रम पाण्डेले १३ हजार ८ सय ३४ मत प्राप्त गरेका छन्। उता सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका उम्मेदवार अमरेशकुमार सिंह निरन्तर पछाडि परेका छन् । उनलाई राष्ट्रिय जनता पार्टी (राजपा) का राकेशकुमार मिश्रले सुरुदेखि नै पछि पार्दै आएक छन् ।
पछिल्लो अपडेटअनुसार सर्लाही–४ मा राजपा उम्मेदवार मिश्र १३ हजार २ सय १३ मतका साथ अग्रता कायम राखेका छन् । काँग्रेसका अमरेशको १२ हजार २ सय ४४ मत छ । उनी एक हजार मतले पछि छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...