बाबुराम भट्टराई विजयी, नारायणकाजीले दिए बधाई



हाम्रो इकोनोमि

बहुचर्चित निर्वाचन क्षेत्र मानिएको गोरखा २ मा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई विजयी भएका छन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै भट्टराई विजयी भएका हुन्। पछिल्लो मतपरिणाम अनुसार भट्टराई झन्डै ५ हजारको फराकिलो मतान्तरले अगाडि बढेका छन्। अब गन्न बाँकी मत नारायणकाजीको पक्षमा गए पनि उनको भन्दा बाबुरामकै मत बढी हुन आउँछ।

सुरुमा वामपन्थी गठबन्धनमा सामेल भएका भट्टराई गोरखामा निर्वाचन लड्न नपाउने भएपछि कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल भएका थिए। पराजय स्वीकार गर्दै श्रेष्ठले बाबुरामलाई बधाई दिएका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘गोर्खा २ का आदरणीय  मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा बाबुराम भट्टराईलाई हार्दिक बधाई। निर्बाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता,वाम गठबन्धनका नेता-कार्यकर्ताहरु,आफन्तजन,शुभेच्छुकहरु सबैलाई आभार तथा धन्यवाद।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...