बाबुराम भट्टराई विजयी, नारायणकाजीले दिए बधाई



हाम्रो इकोनोमि

बहुचर्चित निर्वाचन क्षेत्र मानिएको गोरखा २ मा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई विजयी भएका छन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै भट्टराई विजयी भएका हुन्। पछिल्लो मतपरिणाम अनुसार भट्टराई झन्डै ५ हजारको फराकिलो मतान्तरले अगाडि बढेका छन्। अब गन्न बाँकी मत नारायणकाजीको पक्षमा गए पनि उनको भन्दा बाबुरामकै मत बढी हुन आउँछ।

सुरुमा वामपन्थी गठबन्धनमा सामेल भएका भट्टराई गोरखामा निर्वाचन लड्न नपाउने भएपछि कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल भएका थिए। पराजय स्वीकार गर्दै श्रेष्ठले बाबुरामलाई बधाई दिएका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘गोर्खा २ का आदरणीय  मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा बाबुराम भट्टराईलाई हार्दिक बधाई। निर्बाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता,वाम गठबन्धनका नेता-कार्यकर्ताहरु,आफन्तजन,शुभेच्छुकहरु सबैलाई आभार तथा धन्यवाद।’

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...