बेलायतका प्रधानमन्त्री मे बेल्जियम जादै



हाम्रो इकोनोमि

बेलायतका प्रधानमन्त्री टिरिजा मे शुक्रबार बेल्जियम जादै हुनुहुन्छ । बृटिश अधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् ।

युरोपियन कमिसनका अध्यक्ष जिन क्लाउड जंकरसँग औपचारिक भेटवार्ता गर्नका लागि उहाँ बेल्जियमको राजधानी ब्रसेल्स पुग्न लाग्नुभएको अधिकारीहरुले जनाएका छन् ।

बेलायत युरोपेली युनियनबाट निस्किने बारेमा हाल बेलायतले युरोपका विभिन्न नेताहरुसँग परामर्श गरिरहेको छ ।
सोही विषयमा उक्त कमिसनका अध्यक्षसँग आवश्यक छलफल र परामर्शका लागि उहाँ त्यसतर्फ लाग्नुभएको बताइएको छ ।

प्रधानमन्त्री मेको कार्यालयले दिएको जानकारीअनुसार बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा आवश्यक छलफलका लागि उहाँ ब्रसेल्स जान लाग्नुभएको हो ।

बेलायतले युरोपेली युनियनबाट बाहिरिने विषयमा यसअघि नै निर्णय गरीसकेको छ । त्यस बारेमा बेलायतले अब अन्तिम निर्णय गर्नमात्र बाँकी रहेको छ ।

यस विषयमा बेलायतले विश्वका विभिन्न देश र अधिकरीहरुसँग आवश्यक छलफल र परामर्शहरु जारी नै राखेको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...