पूर्वी रुकुममा माओवादीले यसरी गर्यो ‘क्लिन स्वीप’, सिन्धुपाल्चोकका दुवै क्षेत्रमा वाम अग्रता



पूर्वी रुकुममा माओवादी केन्द्रले ‘क्लिन स्वीप’ गरेको छ । जिल्लाको प्रतिनिधिसभा र दुवै प्रदेशसभामा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् ।

रुकुम(पूर्व)बाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनकी कमला रोका विजयी भएकी छन् । प्रतिद्धन्दि नेपाली कांग्रेसका हरिशंकर घर्तिलाई ६ हजार २८ मतले पराजित गरिन् । रोकाले १० हजार ४ सय ३४ मत ल्याएर विजयी भईन् भने कांग्रेसका घर्तिले ४ हजार ४ सय ६ मत ानध प्राप्त गरे ।
रुकुम(पूर्व)को प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा बामबन्धनका तेजवहादुर ओली विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका दुतकुमार पुनलाई ३ हजार ८३ मतान्तरले पराजित गरे । गठबन्धनका ओलीले ५ हजार ४ सय २७ मत ल्याउँदा कांग्रेसका पुनले २ हजार १ सय ४४ मत पाए ।
रुकुम(पूर्व) प्रदेश सभा क्षेत्र नम्बर ‘ख’ मा पनि माओवादीकै पुर्णवहादुर घर्ति निर्वाचित भएका छन् । प्रदेशसभा सदस्यमा निर्वा्चित घर्तिले ५ हजार ८ सय १६ मत प्राप्त गरे । उनका प्रतिद्धन्दि नेपाली कांगे्रसका दत्तवहादुर बस्नेतले ३ हजार १ सय ११ मत पाए ।

सिन्धुपाल्चोकका प्रतिनिधिसभाका दुवै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ।

पछिल्लो मत परिणाम यसप्रकार छः

प्रतिनिधिसभा – १
अग्नि प्र. सापकोटा (माओवादी) – ११५७२
मोहन ब. बस्नेत (काङ्ग्रेस ) – ७४४७

प्रतिनिधिसभा – २
शेर ब. तमाङ (एमाले ) – १०३०६
पशुपति शमशेर ( राप्रपा) – ९१६१

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको