पूर्वी रुकुममा माओवादीले यसरी गर्यो ‘क्लिन स्वीप’, सिन्धुपाल्चोकका दुवै क्षेत्रमा वाम अग्रता



हाम्रो इकोनोमि

पूर्वी रुकुममा माओवादी केन्द्रले ‘क्लिन स्वीप’ गरेको छ । जिल्लाको प्रतिनिधिसभा र दुवै प्रदेशसभामा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् ।

रुकुम(पूर्व)बाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनकी कमला रोका विजयी भएकी छन् । प्रतिद्धन्दि नेपाली कांग्रेसका हरिशंकर घर्तिलाई ६ हजार २८ मतले पराजित गरिन् । रोकाले १० हजार ४ सय ३४ मत ल्याएर विजयी भईन् भने कांग्रेसका घर्तिले ४ हजार ४ सय ६ मत ानध प्राप्त गरे ।
रुकुम(पूर्व)को प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा बामबन्धनका तेजवहादुर ओली विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका दुतकुमार पुनलाई ३ हजार ८३ मतान्तरले पराजित गरे । गठबन्धनका ओलीले ५ हजार ४ सय २७ मत ल्याउँदा कांग्रेसका पुनले २ हजार १ सय ४४ मत पाए ।
रुकुम(पूर्व) प्रदेश सभा क्षेत्र नम्बर ‘ख’ मा पनि माओवादीकै पुर्णवहादुर घर्ति निर्वाचित भएका छन् । प्रदेशसभा सदस्यमा निर्वा्चित घर्तिले ५ हजार ८ सय १६ मत प्राप्त गरे । उनका प्रतिद्धन्दि नेपाली कांगे्रसका दत्तवहादुर बस्नेतले ३ हजार १ सय ११ मत पाए ।

सिन्धुपाल्चोकका प्रतिनिधिसभाका दुवै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ।

पछिल्लो मत परिणाम यसप्रकार छः

प्रतिनिधिसभा – १
अग्नि प्र. सापकोटा (माओवादी) – ११५७२
मोहन ब. बस्नेत (काङ्ग्रेस ) – ७४४७

प्रतिनिधिसभा – २
शेर ब. तमाङ (एमाले ) – १०३०६
पशुपति शमशेर ( राप्रपा) – ९१६१

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...