प्रमुख निर्वाचन आयुक्तले भने-जम्मा ६५ प्रतिशतभन्दा बढि नै मतदान भएको छ, तर ७० प्रतिशत नपुग्ने भयो



निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भएको मतदानमा ६५ प्रतिशतभन्दा बढि मतदान भएको जानकारी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पत्रकार सँगको कुराकानीमा भने,‘जम्मा ६५ प्रतिशतभन्दा बढि नै मतदान भएको छ, तर ७० प्रतिशत नपुग्ने भयो, अहिले ६ बजेर पत्रकार सम्मेलन गरेर हामी सम्पूर्ण जानकारी दिन्छौं ।’ यादवले निर्वाचन सफल रुपमा सम्पन्न भएकोमा जनतालाई बधाई समेत दिए । उनले थपे,‘ऋषिजी तपाईहरुकै मेहनत, सहयोग र सद्भावले हामीले आजको निर्वाचनमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सक्यौं, यो निकै खुशीको कुरा हो।’

उनले दिएको जानकारी अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भएको छ । सबैभन्दा बढी सुर्खेतमा ६३, मकवानपुरमा ६० र मोरङ जिल्लामा ५८ प्रतिशत मतदान भएको छ । त्यसैगरी, इलाम, झापा, धनकुटा, रौतहट, सिन्धुली काठमाडौं, भक्तपुर, चितवनलगायतका जिल्लामा ५५ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ । बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको