देउवालाई आरजुले यसकारण दिइनन् भोट,आफैँलाई भोट नहाली जित्न चाहने नेताको यस्तो हुदैछ हैसियत



हाम्रो इकोनोमि

बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणको निर्वाचनमा केही नेताले आफैँले आफूलाई भोट दिन पाउँदैनन्।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्ग ओलीले आफूले आफूलाई मत दिन पाउँदैनन्। उनी भक्तपुरका मतदाता हुन्। उनी झापा क्षेत्र नम्बर पाँचबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। उनी मात्र होइन, उनीजस्तै आधा दर्जनभन्दा बढी चर्चित नेताहरुले आफूले आफैँलाई भोट दिन पाउँदैनन्। यही लहरमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले नेता माधवकुमार नेपाल पनि छन्। उनी काठमाडौँ क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाका लागि चुनाव लड्दैछन्। तर, उनले आफैँलाई मतदान गर्न पाउँदैनन्। उनी रौतहटका मतदाता हुन्।

दाङ क्षेत्र नम्बर दुईका उम्मेदवार माओवादी नेता कृष्णवहादुर महरा पनि आफैँलाई भोट दिन नपाउने नेतामा पर्छन्। उनले मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमै रोल्पाको लिवाङ नगरपालिकामा मतदान गरिसकेका छन्।

नवलपरासी क्षेत्र नम्बर एकका उम्मेदवार नेपाली काँग्रेसका महामन्त्री डा. संशाक कोइराला काठमाडौंका मतदाता हुन्। उनी पनि आफ्नै मत आफैँलाई दिन नसक्ने नेतामै पर्छन्।

भक्तपुर क्षेत्र नम्बर दुईका उम्मेदवार दमननाथ ढुंगानाले पनि आफैँलाई मत दिन पाउँदैनन्। उनी काठमाडौँका मतदाता हुन्।

प्रधानमन्त्री पत्नी तथा कैलाली क्षेत्र नम्बर पाँचकी प्रतिनिधिसभा उम्मेदवार आरजु राणाले पनि आफूलाई मतदान गर्न पाउँदिनन्। उनी डडेल्धुराकी मतदाता हुन्। आरजुले आफूलाई त भोट दिन पाइनन् तर श्रीमानलाई पनि भोट नदिने बताएकी छन्। श्रीमान्लाई भोट दिन जाँदा आफ्नै मतदाता घट्ने डरले उनले यस्तो निर्णय गरेकी हुन् ।

राजपाका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर सर्लाहीको वलरा नगरपलिका एकका मतदाता हुन्। उनी महोत्तरी क्षेत्र नम्बर तीनका उम्मेदवार हुन्। उनले पनि आफूलाई मत दिन पाएनन्।

राजेन्द्र महतोे पनि आफूलाई मतदान गर्न नपाउने अर्का नेता हुन्। सर्लाही चन्द्रनगरका मतदाता उनी धनुषा क्षेत्र नम्बर तीनका उम्मेदवार हुन्।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...