कांग्रेस र राजपाको भाले भिडन्त,सुरक्षाकर्मीद्वारा ४ राउन्ड फायरिङ



हाम्रो इकोनोमि

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको क्रममा सर्लाहीमा नेपाली काँग्रेस तथा राजपा कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड हवाई फायर गरेको छ।
सर्लाही क्षेत्र नं. २ को कौडेना गाउँपालिका—२ जनता मावि मतदान केन्द्रमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो। एक अपांग मतदाताको मतदान विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा दुवै पक्ष आक्रमणमा उत्रिएका हुन्।

विवादले उग्र रुप लिने देखिएपछि सुरक्षाकर्मीले फायरिङ खोलेका हुन्। अहिलेसम्म चार राउन्ड फायरिङ भएको छ। स्थिति नियन्त्रणमा लिएर मतदान पुनःसञ्चालन गर्न प्रयास भइरहेको प्रहरी उपरीक्षक मसाउद आलम खाँले जनाए।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...