कांग्रेस र राजपाको भाले भिडन्त,सुरक्षाकर्मीद्वारा ४ राउन्ड फायरिङ



हाम्रो इकोनोमि

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको क्रममा सर्लाहीमा नेपाली काँग्रेस तथा राजपा कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड हवाई फायर गरेको छ।
सर्लाही क्षेत्र नं. २ को कौडेना गाउँपालिका—२ जनता मावि मतदान केन्द्रमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो। एक अपांग मतदाताको मतदान विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा दुवै पक्ष आक्रमणमा उत्रिएका हुन्।

विवादले उग्र रुप लिने देखिएपछि सुरक्षाकर्मीले फायरिङ खोलेका हुन्। अहिलेसम्म चार राउन्ड फायरिङ भएको छ। स्थिति नियन्त्रणमा लिएर मतदान पुनःसञ्चालन गर्न प्रयास भइरहेको प्रहरी उपरीक्षक मसाउद आलम खाँले जनाए।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...