भटमाससँग नुन चामल साट्दै ग्रामीण भेगका कृषक



हाम्रो इकोनोमि

पछिल्ला समयमा जिल्लाका अधिकांश गाउँँका कृषक भटमाससँग नुन, चामललगायतका खाद्य सामग्री साट्न व्यपारीकहाँ धाउन थालेका छन् ।

वर्षायाममा लगाइने बाली बँदेलले नष्ट गर्न थालेपछि किसानले धान, गहुँ, मकैजस्ता बाली छोडेर भटमास तथा अन्य दलहन खेतीतर्फ आकर्षित भएका हुन् । कृषकले लगाएका मकै बँदेलले सखाप गर्न थालेपछि अजयमेरु गाउँपालिकाका र डडेल्धुराको ग्रामीण भेगका अधिकांश कृषकले मकै र धानखेती लगाउन छाडेको अजयमेरु गाउँपालिका–५ की मायादेवी पालले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा यातायातको सुविधा पुगेसँगै व्यापारी नुन र चामल लगेर गाउँमै भटमासलगायत दलहन खरिद गर्न पुग्ने गरेको अजयमेरु–१ समैजीका कृषक बताउँछन् । बजारको मूल्य गाउँमै पाइने र नुन चामल पनि घरसम्मै पुग्ने भएकाले सजिलो भएको समैजीकी दुर्गा भण्डारीले बताउनुभयो ।

अहिले प्राय गाउँ क्षेत्रका कृषकले भटमासको भारी बोकेर चामललगायत अन्य दैनिक उपभोग्यका सामग्री खरिद गरी रहेका भेटिन्छन् । गाउँमा नै भनेको दाम पाइने भएपछि बिक्रीका लागि सहज भएको उनीहरूको भनाइ छ । एक केजी भटमाससँग दुई केजी चामल साट्ने गरेको अजयमेरु–२ भद्रपुरका इन्द्रा पनेरुले बताउनुभयो । प्रायः घरमै गएर खरिद गरे सस्तो मूल्य पर्ने तर बिक्री गर्ने ठाउँसम्मै बोकेर ल्याउँदा उचित मूल्य पाइने उहाँले जानकारी दिनुभयो । भटमासको मूल्य गाउँमा नै ६० देखि ७० मा बिक्री हुने गर्दछ । एक किलो भटमासमा दुई किलो चामल भन्दै साटेर लैजान्छन् ।

गत वर्ष पाँच कट्टा जमिनमा लगाएको मकै सबै सखाफ गरेपछि भने यो साल आफूलगायत ३० परिवारले थोरै मकै र बाँकी भटमास लगाएको मायादेवीको भनाइ छ । भटमासलाई बँदेलले खासै नरुचाउने भएकाले हामी भटमास खेतीतर्फ आकर्षित भएको सोही गाउँका अर्का कृषक पदमराज पन्त बताउनुहुन्छ ।

धानभन्दा पनि महँगो मूल्यमा बिक्री हुने हँदा भटमास खेती गर्न अन्य बालीभन्दा सहज भएकाले यसतर्फ कृषक आर्कषित भएका हुन् । विगतमा हामीले धान, मकै, कोदो लगाउने गरे पनि जंगली बँदेलले सखाप गर्न थालेपछि केही सीप नचलेर भटमास खेतीतर्फ लागेको नवदुर्गा गाउँपालिकाका कृषक रुद्रप्रसाद भट्टले बताउनुभयो ।

हाम्रो गाउँमा प्रायः पाखो जमिन भएकाले धानभन्दा पनि मकै फल्थ्यो तर बँदेलले नष्ट गर्न थालेदेखि अधिकांशले भटमासखेती गर्न थालेका हुन् । करिब हामी ६० घरपरिवार नै बसोबास गर्दछौँ सबैले मुख्य बालीको रुपमा भटमासको खेती गर्न लागेको तीन वर्ष जति हुन लागेको कृषक भट्टले उल्लेख गर्नुभयो ।

विगतमा कहिल्यै पनि बाहिरबाट चामल किन्न नपरेकामा बँदेलको त्रासले त्यस्ता बाली लगाउन सबैले छाडिसके अब बजारको चामलको भर पर्नुपरेको अर्का बृद्ध कृषक कमलसिंह महरले बताउनुभयो । हाल जिल्लाका विभिन्न भागमा कृषकले वर्षेयाममा धान, मकैलगायतका बाली लगाउन छोडेर दलहन खेती गर्न थालेका हुन् ।

जिल्लाका अमागढी नगरपालिका अजमेरु गाउँपालिका, नवदुर्गा, भागेश्वर, गन्याप र पर्शुराम तथा आलिताल गाउँपालिकाका विभिन्न ग्रामीण क्षेत्रमा भटमासका साथै अन्य दलहन खेती र तरकारी खेतीको विस्तार भएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...