चार स्थानीय तहमा बैंक शाखा विस्तार



हाम्रो इकोनोमि

जिल्लाका चारवटा स्थानीय तहमा बैंकिङ सेवा विस्तार हुन थालेको छ ।

जिल्लामा स्थापना भएका स्थानीय तहका केन्द्रमा विभिन्न बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् । स्थानीय तहमार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी र सर्वसाधारणलाई बैंकिङ सुविधाका लागि सदरमुकाम धाउनुपर्ने समस्या हट्ने अपेक्षा गरिएको छ ।

नयाँ संरचनाअनुसार आर्थिक गतिविधि, व्यापार र बजारीकरण हुन थालेपछि बैंक तथा वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्न थालेका हुन् । यसै क्रममा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा गरिमा विकास बैंकको शाखा स्थापना गरिएको छ ।

यसअघि सोही गाउँपालिकाको २ नम्बर वडामा पर्ने भुरुङ तातोपानीबाट सञ्चालन हुँदै आएको शाखा पोखरेबगरमा स्थानान्तरण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताउनुभयो । गरिमाले सदरमुकाम बेनीसँगै मालिका गाउँपालिकाको केन्द्र दरवाङ र मंगलाको केन्द्र बाबियाचौर बजारबाट सेवा प्रवाह गर्दै आएको छ ।

जिल्लाका ६ वटा मध्ये अब चारवटा स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । प्रभु बैंकले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट र धौलागिरि गाउँपालिकाको ताकममा शाखा विस्तारको तयारी गरेको जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले द्वन्द्वकालमा दरवाङ बजारबाट हटाएको शाखा पुनःस्थापनाको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...