राहुल गान्धी बन्ने भए, भारतीय काँग्रेसका अध्यक्ष



भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुनुहुने निश्चित भएको छ ।

सो पदमा उम्मेदवारी दिने उहाँमात्र हुनुभएको छ । सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुनुहुने निश्चित भएको हो ।

हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष हुनुहुन्छ । सोनियाले १९ बर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आउनु भएको छ ।

स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उहाँले पद छोड्न लाग्नुभएको हा ।

यस अघि पनि राहुल गान्धी पार्टीको उपाध्यक्ष रहनुभएको थियो । उहाँ गत पाँच वर्षयता उपाध्यक्ष पदमा हुनुहुन्छ ।

आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो ।

सोमबार साँझसम्म उहाँबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुनुहुने निश्चित भएको बताइएको छ ।

सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आउनुभएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राख्नुभएको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलबार  ११ : ०२  बजे

प्रतिक्रिया दिनुहोस
थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बनमा

    थाइल्याण्डकी प्रधानमन्त्री पेटोङतार्न सिनावात्रा निलम्बनमा परेकी छिन् । थाइल्यान्डको संवैधानिक अदालतले

भारतमा बन्धक बनाइएका ५८ जना नेपालीको उद्धार

    आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्‍याएर बन्धक बनाइएका ५८ जना नेपाली

अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन

    अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको

ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा

    संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध