सेयर बजारमा झिनो गिरावट, सुचक १.९० अंकले घट्दा ५७ करोडको कारोबार



हाम्रो इकोनोमि

मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक १.९० अंकले घटेर १५२४.८७ अंकमा झरेको छ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७१ अंकले घटेर ३२१.२६ अंकमा ओर्लिएको छ। मंगलबार १६३ कम्पनीका १० लाख ८२ हजार कित्ता शेयर ५७ करोड ७७ लाख रुपैयाँमा खरिद बिक्रि भए।मंगलबार बुटवल पावर कम्पनीको सबैभन्दा बढी कारोबार भयो। १० करोड रुपैयाँको कारोबार गर्दै बुटवल पावर कम्पनी कारोबार रकमको आधारमा पहिलो भएको हो।

उपसुचक मिश्रित देखिएका छन्। १० वटा उपसूचकमा ६ उपसूचक घटेका छन् भने चार बढेका छन्। बैंक ०.२२, होटल ०.८, विकास बैंक ०.१६, जलबिद्युत ०.६६, फाइनान्स ०.१८ र अन्य ०.३३ प्रतिशतले घटेका छन्। ट्रेडिङ ०.०४, बीमा ०.३४, उत्पादन मुलक ०.१३ र लघुवित्त ०.३६ प्रतिशतले बढेका छन्।

मंगलबार सबैभन्दा बढी सिनर्जी पावरका शेयरधनीले करिब ६ प्रतिशत कमाए। रिलायन्स फाइनान्सका शेयरधनीले करिब पाँच प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...