मौन अवधिमा टोलटोलमा मासु–भात र बैठक,पैसा पनि बाडेको यस्तो आयो खबर



वीरगंजका मासु पसलमा यतिखेर राजनीतिक दलका नेताको अर्डर भ्याइनभ्याइ छ। वीरगंज – २ छपकैयामा तमन्ना फ्रेस हाउसका सञ्चालक अशहाव समानी बिहान ७ बजेदेखि १० बजेसम्म अर्डरकै काम भ्याइनभ्याइमा छन्।

मासुसहित भोज सबै दलका अगुवाले सञ्चालन गरिरहेका कारण बिक्री ह्वात्तै बढेको छ। एउटै वडाबाट करिब ६० देखि ८० किलो मासुको अर्डर आइरहेको समानीले बताए। खुद्रामा ३ सय २० रुपैयाँ प्रतिकिलोको दाममा मासु बेच्दै आएका समानी चुनावमा खपत बढेपछि २ सय ८० रुपैयाँ प्रतिकिलोमा पनि बेचिरहेका छन्। तर, केही दलका नेताहरु २ सय २० मा मासुको प्याकेट खोजिरहेका छन्।

‘बिहान अर्डर आउँछ, दिनमा काटेर प्याक गर्छौ, साँझ गाडीमा राखेर नेताहरु भोज हुने ठाउँमा लग्छन्, ’उनले भने।

भोट कसलाई बैठककै भर

निर्वाचन आयोगले मंगलवारदेखि मौन अवधी लगाएको छ। चुनावको दिनसम्म चल्ने मौन अवधीमा के के हुन्छ त? उत्तर यही हो – यसैगरी मासुको खपत।

मधेशमा मौन अवधीलाई दलका नेताहरुले चलखेल र अवसरको रुपमा प्रयोग गर्दै आएका छन्। निर्वाचन आयोगको उदासिनता र फितलो अनुगमनका कारण आचार संहिता उल्लंघन सामान्य बनेको छ।

राजनीतिक विश्लेषक तथा मधेश मामिलाका जानकार चन्द्रकिशोर मौन अवधीलाई नेताहरुले मतदाताको भोट खरिद बिक्री गर्नेदेखि प्रभावमा समय भएको बताउँछन्।

‘मधेशका जनता भर्खरै खेतीपातीबाट फुर्सद पाएका छन्। गाउँगाउँको घरदैलो सकाएर बैठक सुरु हुन्छ,’ उनले भने, ‘यो बैठक बुधवार रातिसम्मै चल्छ।’

उनको नजरमा यही समयले नेताको जित तय गर्छ। दलका नेता तथा उम्मेदवारहरुले टोलटोलमा एक जना अगुवा लगाएर १५/२० जनाको बैठक मार्फत् मतदातालाई आफ्नो ‘ग्रिप’मा पार्ने गर्छन्। त्यसका लागि ‘मनी र मसल्स’ पनि प्रयोग हुने गर्छ।

टोलका अगुवा र प्रभावशाली व्यक्तिले मतदाताको बार्गेनिङ गर्छन्। रातभर मासुभातदेखि मदिराको साथ पनि हुन्छ राजनीतिक दलको बैठकमा। चुनावभन्दा ३/४ दिनअघि देखि तटस्थ मतदाताले कसलाई जिताउने र कसलाई हराउने भन्ने बारेमा सरसल्लाह सुरु हुन्छ।

टोलका अगुवा आफ्नो पार्टीको लागि मतदाता फिट गर्ने काममा यसै समयमा सक्रिय हुन्छन्। बैठक र भोज मार्फत् सबै दलले भोट तान्दै आएको चन्द्रकिशोरको विश्लेषण छ। नेताहरुले प्रदेश सभा र संघको निर्वाचन र यसका महत्वबारेमा कहिले पनि कसैसँग परामर्श वा छफलछल चलाएका छैनन्। प्रदेश र संघमा शासन प्रणाली कस्तो? प्रतिनिधि सभा र प्रदेश सभाको महत्व कति फरक र विशेष हुन्छ भन्नेबारे नेताको ध्यान नभइ मतदाता रिझाउन मात्र रहेको उनले बताए।

‘सबै जनता दलमा हुँदैनन्, करिब ४० प्रतिशत मतदाता तटस्थ मतदाताको रुपमा ‘ह्विच वन इज बेस्ट’ भनेर बसेका हुन्छन्, ’ उनले भने, ‘यही जमातले निधो गर्छ कसलाई जिताउने वा कसलाई हराउने।’

६० प्रतिशत जनता भने विभिन्न पार्टीमा संलग्न रहेको उनको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको