काठमाडौंबाट चुनाव विरोधी गतिविधि गर्ने ५५० जनाभन्दा बढी पक्राउ



हाम्रो इकोनोमि

चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंबाट ५ सय ५० जनाभन्दा बढीलाई पक्राउ गरी मुद्दा चलाएको छ ।

उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये ५ सय ५० जनालाई मुद्दा चलाइएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मंसिरमा मात्रै शंकास्पद गतिविधि गर्ने १७ सय ५४ जना पक्राउ परेका थिए । पक्राउ परेका मध्ये ५ सय ५० जना बाहेक अन्यलाई सोधपुछ र अनुसन्धान पछि छोडिएको प्रवक्ता जोशीले बताउनुभयो ।

चुनावी गतिविधि सुरु भएसँगै ठाउँ ठाउँमा बम विस्फोट हुन थालेपछि प्रहरीले विभिन्न शंकास्पद गतिविधि गर्नेलाई निगरानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...