गगनलाई हराउन मुस्कान सेना पार्टीका अध्यक्ष एमालेमा प्रवेश गरे,राजनलाई चुनाब जित्न यसरी हुने भयो सहज



हाम्रो इकोनोमि

एमाले नेता राजन भट्टराईलाई काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएरै छाडने अठोटसहित मुस्कान सेना पार्टीका अध्यक्ष मुस्कान पौडेल, बरिष्ठ कलाकार रबिन्द्र खडकासहित डेढ सय बढी युवाहरु एमाले प्रवेश गर्नुभएको छ । आज कपनमा आयोजित सभामा पौडेलले आफ्नो पार्टी बिलय गराएर एमाले प्रवेश गर्नुभएको हो ।

उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली र उम्मेदवार राजन भट्टराईले पार्टीमा स्वागत गर्नुभयो । काठमाडौं ४ का उम्मेदवारसमेत रहनुभएका पौडेलले कांग्रेसको कुशासन र भ्रष्टाचारबाट देशलाई मुक्त गर्न आफू राजन भट्टराईलाई समर्थन गर्दै एमालेमा आएको बताउनु भयो ।

‘म २४ बर्ष कांग्रेसमा बिताएको मान्छे हो, कांग्रेसले कहिल्यै पनि जनताको हित चिताउने कुरा गरेन, जहिले पनि भ्रष्टाचार र जनतालाई गरीव बनाइ राख्ने बिषयमा मात्रै कांग्रेस लागेको पाएपछि त्यो पार्टी छोडेर मुस्कान सेना पार्टी खोलेको हुँ, मेरो पार्टीमा देशभर ७ लाख बढी सदस्य छन, ती सवै आजबाट बाम गठबन्धनको उम्मेदवार जिताउने अभियानमा लागेका छन,’ पौडेलको भनाई थियो ।

कलाकार रबिन्द्र खडकाले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको बाम पक्षीइ लोकतान्त्रिक गठबन्धन मात्रै राष्ट्रवादी रहेकोले एमाले रोजेको बताउनु भयो । ‘देश बनाउने, समृद्धि दिने गठबन्धन यही हो, कांग्रेसतिर लागेर आफ्नो खुट्टामा आफै बञ्चरो नहानौं, गगन थापाको नक्कली कुरामा नफसौं,’ खडकाले भन्नुभयो । सभामा राप्रपा, कांग्रेस र अन्य बिभिन्न दलका गरी डेढ सय बढी युवाहरु राजन जिताउने घोषणा गर्दै एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...