जनता बैंकका सेयरधनीले पाउने भए १४.४० प्रतिशत बोनस



हाम्रो इकोनोमि

जनता बैंक नेपाल लिमिटेडका सेयरधनीले १४.४० प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको शुक्रबार (मंसिर १५ गते) बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई उक्त अनुपातमा बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयधनीले पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट हाल कायम चुक्तापुँजीको १४.४० प्रतिशतले हुने एक अर्ब ७० लाख ९१ हजार नौ सय ३५ रुपैयाँको बोनस सेयर जारी गर्नेछ । हाल, जनता बैंकको चुक्तापुँजी छ अर्ब ९९ करोड ३६ लाख ९३ हजार नौ सय ९० रुपैयाँ रहेको छ । बोनस सेयर जारी भएपनि जनता बैंकको चुक्तापुँजी आठ अर्ब रुपैयाँ नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...