सोह्र डाक्टरको दरबन्दीमा एकजना मात्र विशेषज्ञ, सेवाग्राही मारमा



१६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा एकजना मात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।
जिल्ला अस्पताल इलाममा हाल दुईजना स्थायी डाक्टर र दुईजना मेडिकल अफिसरले सेवा दिइरहनुभएको छ ।
नौजना विशेषज्ञसहित १६ जना डाक्टरले सेवा पु¥याउनुपर्ने ५० श्ययाको जिल्ला अस्पतालमा एकजना मात्र विशेषज्ञ डाक्टर प्रभु शाह सेवारत हुनुहुन्छ ।

विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा सेवा लिनआएका बिरामी सघन उपचारको लागि जिल्ला बाहिर जाने क्रम रोकिएको छैन । सरकारले अस्पतालको प्रशासनिक प्रमुख पनि मेडिकल सुपरिटेण्डेण्टलाई तोकेपछि एकमात्र उपलब्ध विशेषज्ञ डाक्टर शाहमाथि प्रशासनिक थप बोझ समेत थपिएको छ ।

दैनिक २० देखि ३० जना ओपिडीका बिरामी जाँच्ने, १० देखि १५ जनाको भिडियो एक्सरे गर्ने, एकदेखि तीन वटासम्म सुरक्षित गर्भपतन गर्ने, एउटा शल्यक्रिया गर्ने, भर्ना भएका बिरामीको दिनमा अनिवार्य दुई पटक चेकजाँच र उपचार गर्नेदेखि लिएर प्रहरी रिपोर्ट गरिएका केस ह्याण्डल गर्ने सम्मका काम डाक्टर प्रभु शाहका दैनिक काम हुन् ।

आवश्यकताअनुसार इमरजेन्सीको बिरामी हेर्ने, शवपरीक्षण गर्ने, एचआइभीका बिरामी, क्षयरोगका बिरामी जाँच गर्ने काम पनि बेलामौका गरिरहेको उहाँले बताउनुभयो ।

विशिष्ट प्रकृतिका रोगको लागि निःशुल्क सिफारिस गर्ने काम पनि महिनामा एक दुई वटा गर्न उहाँले भ्याउनुपर्ने बाध्यता छ । उहाँ भन्नुहुन्छ, ‘यो भन्दा प्रेसर एकजना डाक्टरलाई कति हुन्छ’, ‘सरकारले दरबन्दी बमोजिम डाक्टर पठाए सहज रुपमा अस्पताल सञ्चालन गर्न सकिने थियो ।’
सरकारले ५० श्ययाको अस्पतालको स्वीकृति दिए पनि हाल ३७ श्यया मात्र सञ्चालनमा ल्याउन सकेको उहाँले बताउनुभयो । १६ जना डाक्टरको दरबन्दी भएको इलाम अस्पतालमा नर्सको भने १५ जनाको मात्र दरबन्दी छ । ‘सुन्दा अचम्म लाग्नसक्छ तर सत्य नै यही हो’, डा शाहले भन्नुभयो ।

१५ जना नर्सको दरबन्दी भए पनि कार्यरत भने आठजना मात्र छन् ।

अस्पताल विकास समितिका अध्यक्ष केदार थापाले सरकारले डाक्टरको योगदानको मूल्यांकन गर्न नसक्दा अस्पतालमा विशेषज्ञ सेवाको अभाव भएको बताउनुभयो । उहाँले दरबन्दीअनुसारका डाक्टर नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

चुनावका मुखमा आवश्यक डाक्टर पठाइदिने बाचा गर्दै भोट व्याङकको रुपमा इलाम अस्पताललाई नेताले प्रयोग गर्न थालेको पनि धेरै वर्षभयो तर अस्पतालमा विशेषज्ञ डाक्टर पठाइदिने कुरा आश्वासनमा मात्र सीमित हँुदै आएको छ । इलाम अस्पतालमा मानव संशोधनको हिसाबले कुरा गर्ने हो भने दुईदशक पहिले भन्दा केही पनि फरक छैन ।

अस्पताल बाहिर फार्मेसी सञ्चालन गर्दै आउनुभएका विनोद थापा भन्नुहुन्छ, “धन्न प्रभु सरले थाम्नुभएको छ, अरु कोही भएको भए यतिका समय इलाम रुँगेर बस्दैन थिए होला ।”

५० श्ययाको यस अस्पतालमा पूरा डाक्टरको दरबन्दी हुने र सबै श्यया सञ्चालन गर्न सके यहाँका बिरामी बाहिर उपचारमा जानुपर्ने बाध्यता हट्ने थियो । जिल्लावासीले तत्काल यो समस्या समाधान गर्न सरकारसमक्ष माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
यो सरकार ढल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने

    पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आवश्यक परे सरकारले अध्यादेश ल्याउन सक्छ : प्रधानमन्त्री ओली

    सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेशको विषयमा चर्चा भएको छ

कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान

    नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न