रुपनगरमा जंगली हात्तीको आतंक



हाम्रो इकोनोमि

सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको एक समूहले गएराति सप्तरीको कञ्चरुप नगरपालिका– ८ स्थित रुपनगर र कञ्चनपुरमा एक दर्जन घरमा तोडफोड गरेको छ ।

मध्यरात एक्कासि आरक्षबाट दुई समूहमा निस्केको जंगली हात्तीको समूहले आतंक मचाउँदा स्थानीयवासीबीच भागदौड भएको र बालीनालीमा क्षति गरेको स्थानीयवासी उत्तम आचार्यले जानकारी दिनुभयो ।
सो क्षेत्रमा केही दिनदेखि हात्ती आतंक बढेपनि स्थानीयवासी प्रशासन र आरक्षप्रशासन तथा सम्बन्धित निकायले ध्यान नदिएकोले सो क्षेत्रमा हात्ती आतंक बढेको स्थानीयवासीले आरोप लगाएका छन् ।

एक सातायता फेरि गाउँ पसेर हात्ती दैनिक आतंक मच्चाउँदै आएको कारण स्थानीयवासी त्रसित बन्नुको साथै रातिको समयमा जागराम भएर बस्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय राजकुमार पासवानले गुनासो गर्नुभयो ।

पटक÷पटक जंगली हात्तीले जंगल क्षेत्रमा आतंक मच्चाउदै आएको र आफूहरु आरक्ष तथा सप्तरी प्रशासनमा सुरक्षाका लागि हारगुहार गर्दा समेत कुनै सुनुवाइ नभएको भन्दै पीडित आक्रोशित बनेका छन् । हात्तीलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयका प्रहरी टोलीले आरक्षतर्फ लखेटेको थियो ।

करिब चार दिन अगाडि कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गर्दा कञ्चरुप नगरपालिका– २ स्थित बदगामाकी एक महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...