सिरहामा उम्मेदवारलाई ताकेर बम बिष्फोट र गोली प्रहार,कस्ले हान्यो शक्तिशाली प्रेसरकुकर वम



हाम्रो इकोनोमि

प्रतिनिधिसभा सिरहा क्षेत्र नं. २ वाम गठबन्धनबाट (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका सुरेशचन्द्र दास यादवको घरको करेसाबारीमा शक्तिशाली बम विष्फोट भएको छ । भारतसँग सीमा जोडिएको औरही गाउँपालिका ५ स्थित घरको पछाडिपट्टि करेसाबारीको पर्खालमा बम विष्फोट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालका अनुसार विष्फोटबाट पर्खालमा सामान्य क्षति भएकोे छ । विष्फोटस्थलमा प्रेसरकुकर वमको रिमोट भेटिएको प्रहरी नायव उपरीक्षक भेटवालले बताए ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । विष्फोटको समयमा उम्मेदवार यादव घरमा नभएकाे बताइएकाे छ । वि.सं. २०४८, ०५१ को आम निर्वाचनमा तत्कालिन सिरहा क्षेत्र नं. ३ बाट सांसद जितेका यादव काङ्ग्रेस परित्याग गरी माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् ।

त्यस्तै, संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राजलाल यादव चढेको जिपलाई लक्षित गरी बिहीबार राती नै गोली प्रहार भएको खबर छ । चुनाव प्रचार प्रसार सकेर नौ बजेतिर भगवानपुर गाउँपालिका ३ स्थित घर फर्किने क्रममा गाउँ प्रवेश गर्नु अगावै जीपको पछाडिपट्टिबाट गोली प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय लाहानले गोली प्रहारबाट जीपको पछाडिको सिसा फुटेको भएपनि जिपमा रहेका यादवसहित कसैलाई केही नभएको जनाएको छ । जिपमा गोली गोली प्रहार भएपछि तत्काल सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरी सकुशल घरसम्म पुर्याएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...