हामी दुइतिहाई बहुमतसहित चुनाव जित्छौँ



डा. अजयक्रान्ति शाक्य
उम्मेदवार
काठमाडौँ क्षेत्र नम्बर–९ प्रदेशसभा ‘क’

चुनावी प्रचार–प्रसार कसरी अघि बढिरहेको छ ?

नेकपा (एमाले) अहिले स्पष्ष्ट एजेण्डासहित चुनावी मैदानमा ओर्लिएको छ । त्यही एजेण्डा बोकेर वाम गठबन्धनका उम्मेदवारहरु अहिले देशभरी नै चुनावी प्रचार अभियानमा जुटेका छन् । हामी पनि स्वच्छ निर्वाचन, लोकतन्त्रको आधार, सुशासन र समृद्धिका लागि बामपन्थी सरकार’ भन्ने नारासहित चुनावी घरदैलो कार्यक्रममा व्यस्त बनेका छौँ ।
एमाले जनताको पार्टी हो भन्ने सन्देश दिनका लागि पनि हामी अहिले विहान ६ बजेदेखि बेलुका १० बजेसम्म जनताको घर–दैलोमा जाने, जनताको मनोभावना बुझ्ने, जनताले चाहेको विकास र समृद्धिका बारेमा ध्यानपूर्वक सुन्ने र हाम्र्रा योजनाहरु जनतालाई बुझाउने जस्ता कामलाई हामीले तिव्रता दिएका छौँ ।

जनताको घरदैलोमा पुग्दा जनताबाट चाहिँ कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

हामी अहिले जहाँजहाँ घरदैलो कार्यक्रममा गएका छौँ । त्यहाँत्यहाँका जनता निकै उत्साहित भएको पाएका छौँ । उहाँहरुले विकास मुलूक निर्माणको सपना वोकेको पार्टी एमाले मात्र भएको भन्दै निकै उत्साह व्यक्त गर्नुभएको छ । पछिल्लो समय वाम शक्तिहरुको चुनावी तालमेल र वाम एकतासम्मको प्रयासलाई जनताले खुशी साथ समर्थन गरेको मैले पाएको छु । एक पटक वामपन्थीलाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ भन्नेमा जनताको मनोभावना रहेको पनि हामीले पाएका छौँ । हामी चुनावी दौरानका क्रममा कोठे भेला गर्ने, विभिन्न क्षेत्र र समूदायका व्यक्तिहरुसँग भेटघाट गर्ने जस्ता कामलाई पनि तिव्रता दिएका छौँ । त्यस्ता भेटघाटबाट उहाँहरु झन प्रभावित भएको मैले पाएको छु । चुनावको मिति नजिकी रहेका बेला हामीले कोणसभा गर्ने, टोल सभा गर्ने, ठूला भेलाहरु गर्ने जस्ता कुरालाई पनि प्राथमिकता दिएका छौँ ।

पार्टीको आन्तरिक जीवन र पार्टीको संगठनलाई अझ सुदृढ र जुझारु बनाउने कुरामा पनि हामी उत्तिकै चासोका साथ लागेका छौँ । कार्यकर्ता भेला गर्ने संगठनलाई पुर्नताजकी दिने जस्ता कुरामा पनि हामी लागेका छौँ ।

तपाईँ वाम गठबन्धनको साझा उम्मेदवार पनि हो । माओवादीलाई मत दिदैँ आएका मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

हो, म वाम गठबन्धनको काठमाडौँ क्षेत्र नम्बर–९ क को साझा उम्मेदवार हुँ । त्यसैले मैले उहाँहरुसँग पनि संयुक्त कार्यकर्ता भेला गर्ने, उहाँहरुसँग पनि सल्लाह–सुझाव लिने जस्ता कुरालाई प्राथमिकतामा राखेको छु । माओवादी केन्द्रका साथीहरुसँग अहिले पनि म निरन्तर सम्पर्कमा रहेको छु । अहिले हामी सँगै चुनावी मैदानमा होमीयका छौं । र माओवादी केन्द्रका साथीहरु पनि निकै उत्साहित भएको मैले पाएको छु ।

पहिला कम्युनिष्टहरु छरपष्ट हुँदा पनि यो क्षेत्रमा वामपन्थीहरुकै वर्चश्व थियो । संविधानसभाका दुई वटा निर्वाचनमा हामी कांगे्रससँग झिनो मतअन्तरले पराजित भएका हौँ । यद्यपि दोस्रो र तेस्रो दलको हैसियतमा हामी नै थियो । यो पटक दुबै शक्ति एक ठाउँमा चुनाव लड्दैछौँ । केही महिना अघि सम्पन्न स्थानीय निर्वाचनको परिणामले पनि हामी यो क्षेत्रमा निकै बलियो छौँ भन्ने प्रमाणित गरेको छ ।

त्यसैले यो क्षेत्रका जनता अब देशमा धेरै पार्टी होइन थोरै पार्टी हुनुपर्दछ र देशको समृद्धिका लागि स्थायी सरकार होस भन्ने चाहेका छन् । त्यो स्थायी सरकार वामपन्थीकै बनोस् भन्ने यहाँका जनताको चाहना छ ।

वामपन्थीहरुकै सरकार होस् भन्ने चाहना जनतामा किन ?

अहिले आर्थिक, राजनीतिक सामाजिक क्षेत्रमा मात्र होइन सबैतिर अस्तव्यत रहेका बेला अहिले राजनीतिक धु्रवीकरणले गर्दा वाम गठबन्धनको सरकारले केही गर्छ भन्ने आशा यस क्षेत्रका जनताले गरेका छन् । घरमा जादाँ हाम्रा आगामी प्रतिनिधिहरु नै तपाईँहरुको हो भनेर फुलमालाले स्वागत गर्ने खादा ओडाउने र शुभकामना दिने गर्नुभएको छ । त्यसले हामी थप उत्साहित भएका छौँ ।

तपाईँ राजनीतिक क्षेत्रमा भन्दा पनि बौद्धिक क्षेत्रमा बढी सक्रिय व्यक्ति चुनावी अभियानमा जाँदा कस्तो महशुस गर्नुभएको छ ?

मैले भूगोलको प्रत्यक्ष जिम्मा लिएर मात्र काम नगरेको हो । तर, म २०४६ सालदेखि नै राजनीतिमा सक्रिय भएको व्यक्ति हुँ । पार्टीका विभिन्न जिम्मेवारीमा रहेर मैले काम गरेको व्यक्ति पनि भएको नाताले मलाई त्यस्तो कुनै असहज महशुस भएको छैन । मैले राजनीतिक र बौद्धिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा आवद्ध रहेर पनि यो क्षेत्रका लागि धेरै गरेको छु । म सधैँ यही क्षेत्रका जनताको साथमा रहेको छु । त्यसैले यो क्षेत्रका जनताले मेरो बौद्धिकताको यही क्षेत्रमा सदुपयोग होस भन्ने अपेक्षा गरेका छन् । त्यसले मलाई झन उत्साहित बनाएको छ । यी सबै कारणले म यो क्षेत्रका जनताका लागि नयाँ होइन प्यारो भएको छु । यो क्षेत्रका लागि मात्र होइन देशका लागि नै केही गरौँ भन्ने योजना भएको व्यक्ति हामीले उम्मेदवार पाएका छौँ भनेर यो क्षेत्रका जनताले मलाई पार्टीले टिकट दिएदेखि नै उत्साह व्यक्त गरेका छन् ।

घरदैलोमा के एजेण्डा लिएर जानुभएको छ ?

सबै भन्दा पहिला त मैले विगतमा गरेका कामको समिक्षा नै मेरो एजेण्डा हुन् । मैले जनप्रतिनिधि नहुदा पनि यो क्षेत्रमा गरेको कामबाट यहाँका जनता उत्साहित हुनुभएको छ । त्यति मात्र होइन मैले साना–साना काममा पनि ध्यान दिएको छु । मुख्य गरेर यो क्षेत्रको खानेपानीको समस्या, विजुलीको समस्या, ढलको समस्या, वाटोको समस्याका बारेमा मैले उहाँहरुसँग छलफल गर्ने र त्यसको समाधान गर्ने प्रयास गरेको छु । उहाँहरुको समस्यामा म आफैँ दुवेको छु ।

कतिपय ठाउँमा त मतदाताले हामीले १५–२० वर्षसम्म जनप्रतिनिधि पाएका थिएनौँ । अहिले जनप्रतिनिधिको महशुस भएको छ भन्दै खुशी व्यक्त गरेका छन् । अहिले हाम्रो घरदैलोमै आएर जनप्रतिनिधिले देखाएको चासोबाट हामी उत्साहित भएका छौँ भनेका छन् । हामीले हाम्रो प्रतिनिधि डाक्टर अजयक्रान्तिलाई पाएका छौँ भनेर खुशी व्यक्त गरेका छन् । जनताले जनताको बीचमा काम गर्न सक्ने नेता हामीले पाएका छौँ । जसरी पनि जिताएर पठाउँछौँ भनेका छन् ।

आर्थिक समृद्धिका एजेण्डा पनि त लिएर जानु भएको होला नि ?

मैले जनतालाई यो राजनीतिक अस्थिरताबाट मुक्त गर्नलाई वाम गठबन्धनको दुईतिहाई बहुमतसहितको सरकार चाहिन्छ भनेको छु । त्यो भयो भने मात्र मुलुकमा आर्थिक क्रान्ति गर्न सकिन्छ भनेको छु । आर्थिक रुपान्तरण र दीगो विकासका लागि पनि वामपन्थीको सरकार चाहिन्छ भन्नेमा मतदाता पनि ढुक्क रहेको पाएको छु । हामीले वोकेको आर्थिक क्रान्तिको सपना पनि वामपन्थीको सरकार भए मात्र पूरा गर्न सकिन्छ भन्नेमा विश्वास दिलाएको छु । दक्ष जनशक्ति, संगठन, मिसन र भिजन भएको वामशक्तिलाई जिताउनु अहिलेको आवश्यकता हो भन्ने राम्ररी बुझ्नु भएका यो क्षेत्रका जनताले स्थानीय निर्वाचनमा पनि भारी मतसहित एमालेका उम्मेदवारलाई विजयी बनाएका थिए ।

वाम एकता हामीले कुनै एक क्षेत्रको विकासका लागि होइन । समग्र नेपालको विकासका लागि गरे हो । जनताले यही बुझेका छन् । मै केपी ओली प्रधानमन्त्री हुँदा उहाँको सल्लाहकारका रुपमा काम गर्ने अवसर प्राप्त गरेँ । त्यसले पनि मलाई समृद्धिका लागि धेरै योजनाहरु बनाउने अवसर प्राप्त भयो । अहिले त्यो ज्ञानलाई यो क्षेत्र र समग्र मुलुकको आर्थिक समृद्धिका लागि खर्च गर्ने स्पष्ट योजना बोकेर मतदाताको घरदैलोमा पुगेको छु ।

चाइनासँग पारवहन सन्धी गर्ने, रेलमार्गका सञ्जाल विस्तार गर्ने, यातायात क्षेत्रको विस्तार गर्ने, हुलाकी राजमार्ग, द्रुतमार्ग, फाष्टट्याक, हावावाट विजुली निकाल्ने, बायोग्याँसबाट ऊर्जा गर्नेलगायतका काम केपी ओली प्रधानमन्त्री हुँदा भएको हो । त्यो जनताले ख्याल गरेका छन् । ती सबै योजनाको खाका कोर्ने र प्रत्यक्ष सम्लग्न रहेको व्यक्ति म हुँ । त्यसैले आत्मनिर्भर हुनका लागि के–के विकास गर्नुपर्छ ? आर्थिक योजना के चाहिन्छ यो भिजन हामीसँग छ । यो कुरा मैले जनतासँग प्रत्यक्ष रुपमा भन्ने गरेको छु । आर्थिक वृद्धिदर ९–१० प्रतिशत पुर्याउने, प्रतिव्यक्ति आय वृद्धि गर्नेलगायतका योजना र आधार सुनेपछि मेरो क्षेत्रका जनता चकित हुनुभएको छ । उहाँहरुले ओहो हामीले चाहेको व्यक्ति बल्ल प्राप्त गर्यौँ भनेर खुशी पनि व्यक्त गर्नुभएको छ । यसै सबै कुरा सुनेपछि सबै मतदाताले वाम गठबन्धनको सरकार आवश्यक छ भन्ने ठान्नुभएको छ ।

तपाईँको क्षेत्रको विकासका लागि के–कस्ता एजेण्डा अघि सार्नु भएको छ ?

अधिकांश पूर्व सांसदहरुले जनताको बीचमा जाँदा म यो क्षेत्रमा यो गर्छु, त्यो गर्छु भनेर क्षेत्रलाई मात्र सिमित गरेर रोजगारी र विकासका कुरा गर्नुभएको छ । म अहिले फरक ढंगले मतदाता कहाँ पुगेको छु । मैले क्षेत्रलाई मात्र सिमित गर्ने होइन समग्र नेपालको विकास गरेपछि क्षेत्रको विकास स्वतः हुन्छ । मैले उहाँहरुलाई क्षेत्रको मात्र होइन हामी समग्र देशको विकासमा लागेका छौँ भनेर प्रष्ट भनेको छु । यति मात्र क्षेत्रमा रेल कुदाउँछु, यति मात्र क्षेत्रमा यसो गर्छु भनेर भन्ने पक्षमा म छैन । मैले जनतालाई त्यस्तो ढाँट कुरा गरेको छैन । म यो टोलको हँु । यो टोललाई मात्र नमूना बनाउँछु पनि मैले भनेको छैन । भिजन र मिसन सहित देशको दिगो विकासको कुरा गरेपछि उहाँहरु प्रभावित हुनुभएको छ ।

तपाईँले जित्ने आधार के–के ?

सबै भन्दा पहिलो आधार भनेको यो क्षेत्र मेरो स्थानीय क्षेत्र हो । म यही क्षेत्रमा जन्मिए, यही क्षेत्रमा हुर्के । यहाँका जनताले बुझेका छन् । राजनीतिकसँगै यो क्षेत्रमा मैले सामाजिक काम पनि धेरै गरेको छु । यो लेखाजोखा पनि यहाँका जनताले गरेका छन् । यहाँका जनताको समस्या समाधानका लागि पनि मैले सक्दो प्रयास गरेको छु । मैले विभिन्न पदमा रहँदा देशको विकासका लागि गरेको योगदानको पनि जनताले मूल्याङकन गरेका छन् । देशका लागि केही गरौँ भन्ने वौद्धिक व्यक्ति हामीले पाएका छौँ भन्ने सन्देश अहिले जनताको घरदैलोमा पुगेको छ । यो पनि मेरो जित्ने अर्को आधार हो ।

अघि पनि मैले भने । हामी फरक–फरक उठ्दा पनि निकै झिनो मत अन्तरले हारेको यो क्षेत्रमा अहिले दुबै कम्युनिष्ट पार्टी एक भएको अवस्थामा जित झन् सहज भएको छ । स्थानीय निर्वाचन र ७० सालको निर्वाचनको तथ्याङ्कले पनि हामी यो क्षेत्रबाट मात्र होइन देशभरीबाटै दुईतिहाई बहुमत ल्याउँछौँ । दुई पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको लोकप्रियता पनि हाम्रो जितको आधार हो । अझ हामी दुई कम्युनिष्ट मिल्दा यो पार्टीमा चार जना पूर्व प्रधानमन्त्री रहनु हुनेछ । अरु कुनै पनि पार्टीमा जिवित चार पूर्व प्रधानमन्त्री छैनन् । त्यसकारण पनि हामीले यो जित्ने आधार हो । नेपाली कांग्रेसका प्रधानमन्त्रीले गरेको विकृतिको कामले पनि वाम गठबन्धनलाई जित्न सहज भएको छ ।

अहिलेसम्म यो क्षेत्रमा चुनावका लागि हेर्ने हो भने मेरो प्रतिष्पर्धी नै हुनुहुन्न । हो, यो क्षेत्रमा अन्य पार्टीले पनि निकै राम्रा व्यक्तिहरुलाई उम्मेदवार बनाएको छ । म उहाँहरुलाई आलोचना गर्ने पक्षमा छैन । तर, मेरो पृष्ठभूमि, मैले गरेको योगदान, संगठनको अवस्था, मतदाताले मप्रति गरेको मायाँ सबै कारणले गर्दा यो क्षेत्रमा जित्ने उम्मेदवार म मात्रै हुँ ।

म यो क्षेत्रबाट व्यक्ति उम्मेदवार बनेको होइन । प्रतिनिधिसभामा आदरर्णीय नेता कृष्णगोपाल श्रेष्ठ हुनुहुन्छ । प्रदेश ख मा केशव पोख्रेल हुनुहुन्छ । हामी तीन जना मात्र होइन समग्र वाम गठबन्धन जिताउने अभियानमा लागेका छौँ । र हामी सफल हुन्छौँ ।

प्रतिक्रिया दिनुहोस
समानीकरण अनुदान बढाउदै लैजान्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय समानीकरण अनुदान घटाउने पक्षमा सरकार नरहेको बताएका छन्। प्रदेश

प्रधानमन्त्री लाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन आफ्ना

सभापति देउवा भन्छन गठबन्धनमा समस्या छैन

  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताउनुभएको छ

डीआईजी चन्दले फिर्ता लिए राजीनामा पत्र

  अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन् ।