साना दोकान बन्द गरौं, कांग्रेस-एमाले मिलौं : गगन थापा



 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा साना पार्टी नरहने अवस्था सृजना गर्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढीमा रेशम रन्जिता विवादलाई सङ्केत गर्दै उनले साना पार्टीका कारण घर झगडा बढिरहेको भन्दै उनले त्यस्तो बताएका हुन् । पार्टीका कारण घर झगडा बढिरहेको छ । साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ’ उनले भने। थापाले नेपाली कांग्रेसले आगामी एक वर्ष सम्म सरकारमा जान नहुने बताए । २०८१ साल भरि सिंहदरबारतिर फर्केर नहेरौँ । बालुवाटार तिर पनि फर्केर नहेरौँ’ उनले भने । थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताए । ‘चुनाव अगाडिको गठबन्धन असफल भयो । अब नेपाली कांग्रेसले त गर्दै गर्दैन । अब नेकपा एमालेले पनि गर्दैन ’ उनले भने, ‘अब निर्वाचन प्रणाली बदल्नु पर्छ त्यसको लागि कांग्रेस र एमाले मिल्नु पर्छ । गठबन्धन नगर्ने नीति लिँदा गुटबन्दी पनि अन्त्य गर्नुपर्ने उनले बताए । उनले सरकारमा जाँदा होस् या मन्त्री बन्दा गुट बलियो बनाउने गरी लागेको आरोप लगाए । हाम्रो सदस्यता वितरणबाटै गुटबन्दी सुरु हुन्छ ’ उनले भने ‘कांग्रेसको सदस्य बन्न कसैलाई रोक्नु हुँदैन ।’सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुन आवश्यक रहेको थापाले जोड दिए । पूर्वी नेपालबाट सुरु भएको समुदायका कांग्रेस अभियान कञ्चनपुरमा आज सकिँदै छ । कञ्चनपुर पुग्नु अघि धनगढीमा आयोजना गरि यहाँबाट फर्किएपछि रिपोर्ट तयार गर्ने बजेट बनाउँदा पहल गर्ने थापाले बताए । उनले पार्टीको एजेन्डा विकास र सुशासन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा