परिणाम देख्नेगरी काम गरेको छु : प्रधानमन्त्री



 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले देशको नेतृत्व सम्हालेपछि कयौं मानक कायम भएको दाबी गरेका छन् । नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनको समुद्घाटन समारोहमा उनले १६ महिनामा धेरै परिणाम देख्ने गरी काम गरिरहेको जिकिर गरे । उनले भने, ‘मैले सरकारको नेतृत्व सम्हाल्दै गर्दाको अवस्था र १६ महिनापछिको अवस्थामा तुलना गर्दा देश र जनताको हितमा राम्रो काम गरेको छु, सरकारी संयन्त्रलाई पनि राम्रो कामको लागि मात्रै निर्देशित गर्नेछु । यस अवधिमा सरकारको कामबारे समीक्षा भएका छन् । गएको १६ महिनामा सुशासन र सामाजिक न्यायको दृष्टिले र देश बाहिर नेपालको प्रतिष्ठा बढाउने हिसाबले कयौं मानकहरु कायम भएका छन् । तर, देश र जनताको आवश्यकता अनुसार पुगेको छैन भन्ने अनुभूत हुने गरेको छ ।’

उनले देशको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा भएको बेलामा सरकारको नेतृत्व थालेपनि अहिले क्रमश: सुधार हुँदै आएको बताए । अहिले सबैभन्दा ठूलो समस्याको रुपमा देखा पारेको लघुवित्त र सहकारीको समस्या समाधान गर्नको लागि पनि प्रयास भइरहेको बताए । प्रधानमन्त्री दाहालले ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन काण्डमा भएको कारबाहीले राज्यको दुरुपयोगबाट भएको अपराध कर्मको भण्डाफोर हुँदै गएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्