यसरी हार्दैछन प्रधानमन्त्री शेरबहादुर देउवा, देउवाले हार्न सक्ने यी हुन ४ कारण



 

 

बाम गठबन्धनका कारण यसपालीको निर्वाचनमा प्रधानमँित्र देउवा चुनाव हार्ने लगभग पक्का भएको छ । स्थानीय निर्वाचनमा एमाले र माओवादीको भन्दा नेपाली कांग्रेसको मत ८३३७ कम छ । यसरी हेर्ने हो भने प्रम देउवा डडेलधुराबाट हार्ने कक्का छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव हार्ने कुनै खतरा छैन भन्ने दाबी गर्न सकिँदैन । यसपालि देउवासमक्ष केही चुनौतीहरु पनि छन् । मुख्यतः देउवाले हार्न सक्ने ४ आधारप्रधानमन्त्री देउवाले चुनाव हार्छन् भनेर दाबी गर्नेहरुले चारवटा आधारहरु प्रस्तुत गर्ने गरेका छन्ः

१। स्थानीय निर्वाचनको आँकडा र वाम गठबन्धनः नेपाली कांग्रेस गत स्थानीय चुनावमा एमाले र माओवादीको कुल मतभन्दा ८ हजार ३३७ ले पछि परेको छ ।

स्थानीय तहमा ९अध्यक्ष र प्रमुखका आधारमा० कांग्रेसले १९ हजार ५२३ मत पाएको थियो । एमालेले १६ हजार ९१५ र माओवादीले १० हजार ९४५ मत ल्याएको थिए । एमाले र माओवादीको मत जोड्दा २७ हजार ८६० पुग्छ, जबकि कांग्रेसको १९ हजार मात्रै छ ।

सरसर्ती हेर्दा देउवाले स्थानीय चुनावमा एमाले र माओवादीलाई मतदान गरेका करिब ४ हजार मतदाताको मत आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । उसो त डडेल्धुरामा ६ हजार ८ सय ४ जना मतदाता थपिएका छन् । तर, थपिएका यी सबै मतदाता कांग्रेसका मात्रै होइनन् ।

२। ओरालो लागेको लोकप्रियताः पछिल्लो समयमा प्रधानमन्त्री देउवा विभिन्न ‘स्क्याण्डल’ हरुले गर्दा विवादमा आइरहेका छन् ।

कतिपयले देउवालाई ६४ जना जम्बो मन्त्रीमण्डल बनाइरहँदा ‘असक्षम प्रधानमन्त्री’को ताज पनि पहिर्‍याएका छन् । यिनै विभिन्न कुराले गर्दा उनको व्यक्तित्वमा दाग लागेको छ र उनको लोकप्रियता घटेको छ । यही विषयमा एक सामाजिक अभियन्ता कैलाश पनेरु भन्छन्– ‘अब देउवालाई गाह्रो हुनेछ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको ‘तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ’ काण्ड चर्चामा रह्यो । सप्तरीको भेडिया र मयनाकरेडी महुली खोलामा आएको बाढीको स्थलगत भ्रमणका लागि पुगेका पीडितलाई राहत प्याकेज घोषणा गर्दा उनले अर्कै सामग्री वाचन गरे ।

संयुक्त राज्य अमेरिकाको एक पत्रकार सम्मेलनमा झुक्किएर अंग्रेजी बिगारेको विषय पनि जिल्लामा चर्चामा छ ।

३। क्रमभंग गर्ने मतदाताको मनसायः डडेल्धुराका मतदाता अब आफ्ना प्रतिनिधि परिवर्तन चाहन्छन् भन्ने स्थानीय निर्वाचनको परिणामले देखाइसकेको छ । डडेल्धुरामा अब चार–चार पटक प्रधानमन्त्री भइसकेका देउवा बाहेक अरुलाई पनि चान्स दिनुपर्छ भन्ने चर्चा निकै व्यापक छ ।

‘वाम एकताका कारण अब देउवा प्रधानमन्त्री हुँदैनन् । र, उनी अब बुढो पनि भइसके’ स्थानीय युवा भुवन भण्डारीले भने ‘अब जिल्लामा पालो अरुलाई दिनु्पर्छ । यसै विषयमा कानुन विज्ञ विष्णु भट्ट भन्छन् ‘अब डडेल्धुरावासी परिवर्तन चाहान्छन ।’

४। देउवाको व्यस्तताः शेरबहादुर देउवा देशका प्रधानमन्त्री हुन् । सँगसँगै उनी नेपाली कांग्रेसका सभापति पनि हुन् । प्रधानमन्त्री भएका कारण उनको व्यस्त दैनिकी हुने गरेको छ । उनीमाथि सारा देशको जिम्मेवारी छ ।

साथै चुनावी प्रचार प्रसारमा उनलाई आचारसंहिता लाग्छ र सधैंभरि हेलिकोप्टर चढ्न पनि पाइँदैन । साथै उनी पार्टी सभापति भएकाले पार्टीका लागि पनि समय दिनुपर्ने हुन्छ । टिकट प्रक्रिया ढीलो टुङगिएका कारण देउवा मनोनयन दर्ता गराउन गृहजिल्ला आउन भ्याएनन् र बारेस गणेश पन्तमार्फत उनले मनोनयत दर्ता गराए ।

यिनै कारणहरुले देउवाले जिल्लामा समय दिन भ्याउँदैनन् र यो नै उनको हारको कारण नै बन्न सक्छ भन्ने विपक्षीहरुको तर्क छ ।

व्यस्त दैनिकीका कारण देउवाले मतदातालाई रिझाउन सकेनन् भने उनको भोट घट्न सक्छ ।

मनोनयन दर्ताकै बेला देउवा जिल्ला नआएको भन्दै एक कांग्रेस कार्यकर्ताले गुनासो गरे– ‘देउवा आफैं आएको भए राम्रो हुने थियो ।’

 

चुनाव आउन एम महिनामात्रै बाँकी रहँदा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा यतिबेला चुनावी सरगर्मी बढेको छ ।

देउवाका अगाडि अरु पार्टीका उम्मेदवारहरु सधैं फिक्का हुने निर्वाचनमा यसपटक भने वामएकता भएको छ ।

त्यसैले यसपटक के होला रु कसले बाजी मार्ला रु त्यसको ठोस जवाफका लागि भने मंसिर २१ सम्म कुर्नैपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको