सबैभन्दा बढी मतदाता प्रदेश नं ३ मा, कुन प्रदेशमा कति मतदाता,हेर्नुहोस सबै विवरण



आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मुलुकभरीबाट कूल एक करोड ५४ लाख २७ हजार ९३६ मतदाता सहभागी हुन पाउने छन् ।

नवलपरासी–९बर्दघाट सुस्ता० पश्चिमको जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं ३ मा ३० लाख ७४ हजार ४१२ मतदाता रहेका छन् भने सबैभन्दा कम प्रदेश नं ६ मा कूल आठ लाख ४६ हजार ९४१ मतदाता रहेका छन् ।

प्रदेश नं ३ को १३ वटा जिल्लामा प्रतिनिधि सभाका लागि ३३ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ६६ निर्वाचन क्षेत्र रहेका छन् । त्यस्तै सबैभन्दा कम मतदाता रहेको प्रदेश नं ६ को १० जिल्लामा प्रतिनिधि सभाका लागि १२ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि २४ निर्वाचन क्षेत्र कायम गरिएको छ ।

यसैगरी कूल २९ लाख ९३ हजार ७२० मतदाता रहेको प्रदेश नं १ को १४ जिल्लामा प्रतिनिधि सभाका लागि २८ र प्रदेश सभाका लागि ५६ निर्वाचन क्षेत्र तोकिएको छ ।

कूल २७ लाख ६७ हजार ३९३ मतदाता रहेको प्रदेश नं २ को आठ जिल्लामा प्रतिनिधि सभाका लागि कूल ३२ र प्रदेश सभाका लागि ६४ निर्वाचन क्षेत्र तोकिएका छन् ।

यसैगरी कूल १५ लाख ६८ हजार ९२७ मतदाता रहेको प्रदेश नं ४ को ११ जिल्लामा प्रतिनिधि सभाका लागि १८ र प्रदेश सभाका लागि ३६ निर्वाचन क्षेत्र कायम गरिएको छ भने कूल २७ लाख ४० हजार ८६९ मतदाता रहेको प्रदेश नं ५ को १२ जिल्लामा प्रतिनिधि सभाका लागि २६ र प्रदेश सभाका लागि ५२ निर्वाचन क्षेत्र तोकिएका छन् ।

त्यस्तै कूल १४ लाख ३५ हजार ६७४ मतदाता रहेको प्रदेश नं ७ को नौ जिल्लामा प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३२ निर्वाचन क्षेत्र कायम गरिएको छ ।

संघीय संरचनाअनुरुप नेपालमा कूल ७७ जिल्लामा प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ३३० निर्वाचन क्षेत्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
८२ क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो

    त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र

अमेरिकाले फिर्ता लियो सैन्य सहायता रोक्ने निर्णय

    मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न

राजनीति गर्ने हो भने दल खोलेर आउन पूर्वराजालाई ढकालको सुझाव

    नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले

एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना

    शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर पुन: आन्दोलनमा होमिएको नेपाल शिक्षक