माओबादी किन लिसो झैँ टासियो सरकारमा,अझै किन सत्तामा बसिरहेका छन् माअाेवादी मन्त्रीहरु ?



हाम्रो इकोनोमि

सत्तारुढ र विपक्षी गठबन्धन गरी दोहोरो चरित्रमा रहेको नेकपा माओवादी केन्द्रबाट सरकारमा रहेका मन्त्रीहरु अहिले भूमिकाबिहीन अवस्थामा रहेका छन् ।

मुख्य विपक्षी दल नेकपा एमालेसँग एकीकरणको योजनासहित गठबन्धन गरेको माओवादीले सरकारमा रहेका आफ्ना नेताहरुलाई फिर्ता नबोलाउँदा उनीहरु हाँस्य पात्र बन्दै गइरहेका छन् । यद्यपि माओवादी नेतृत्वले त्यसमा चासो दिएको देखिँदैन ।

विपक्षी गठबन्धनमा पनि रहने र सत्तामा पनि रहने दोहोरो चरित्र देखाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुबाट मन्त्रालय खोसेर विनाविभागीय बनाईदिएका थिए । तैपनि माओवादीबाट मन्त्री भएका नेताहरु सरकारले ‘चुनाव सार्न लागेको’ भन्दै सरकारमै बस्ने निर्णय पत्रकार सम्मेलन गरी सुनाएका थिए ।

उनीहरुले पहिलो चरणको मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता नभएसम्म चुनाव सर्ने आशंका छ भनेका थिए । तर दोस्रो चरणको निर्वाचनका लागि समेत मनोनयन सम्पन्न भइसक्दा पनि उनीहरु उही कथित आशंकाको भरमा सरकारमा बसिरहँदा नेकपा माओवादी केन्द्र र सिंगो वाम गठबन्धनप्रति नै शुभेच्छुकहरुको चिन्ता बढेको छ ।

माओवादी विपक्षमा रहेर पनि सत्ता लोलुपतामा देखिएको भन्दै विनाविभागीय मन्त्रीहरुलाई ‘कहिले राजीनामा दिने’ भन्ने प्रश्नको सामना धेरै गर्नु परेको छ ।

अध्यक्ष पुष्पकमल दाहालको आदेशविना मन्त्रीहरुले सरकार छोड्न नसकेका कारण मन्त्रीहरु उही सरकारको मानो खाएर उसकै आलोचना गर्ने भूमिकामा सिमित भएका छन् ।

अहिले माओवादी केन्द्रबाट उपप्रधानमन्त्री कृष्णबहादुर महरा तथा मन्त्रीहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु शाह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला र सन्तकुमार थारु विनाविभागीय रहेका छन् ।

त्यस्तै ८ जना राज्यमन्त्री पनि विनाविभागीय छन् । सबै मन्त्री तथा राज्यमन्त्रीहरु सरकारी तलब भत्ता खाएर वाम गठबन्धनका नाममा माओवादी केन्द्र तथा नेकपा एमालेको चुनाव प्रचार प्रसारमा केन्द्रित भएका छन् ।

जनतालाई परिवर्तन गर्छौ भन्दै आश्वासन बाँड्ने नेताहरु नै सत्ताका लागि मरिमेटेको देखिँदा माओवादी केद्रका शुभेच्छुकहरु नै आलोचनामा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...