यी हुन् बाम गठबन्धनका उपत्यकाका १५ स्थानमा भिड्ने उम्मेदवार



हाम्रो इकोनोमि

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका १५ स्थानमध्ये नेकपा (एमाले) बाट १० र नेकपा (माओवादी केन्द्र) बाट पाँच स्थानमा आज मनोनयनपत्र दर्ता गराइँदै छ ।

काठमाडौँमा माओवादी केन्द्रले प्रतिनिधि सभाको क्षेत्र नं १, ६ र १०, भक्तपुरमा क्षेत्र नं १ र ललितपुरमा क्षेत्र नं ३ मा उम्मेदवारी दिएको छ भने अन्य बाँकी क्षेत्रमा एमालेका उम्मेदवार हुनेछन् ।

चुनावी तालमेल र चुनावपछि पार्टी एकताको घोषणा गरेका यी दुई दलका शीर्ष तहका नेता सम्मिलित कार्यदलले उक्त सहमति गरेको हो । एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र वैकल्पिक पोलिटब्यूरो सदस्य सानुकुमार श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित विभिन्न क्षेत्रअन्तर्गत प्रदेशसभामा उम्मेदवार बन्नुभएको छ ।

काठमाडौँमा क्षेत्र नं १ मा अनिल शर्मा, २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ४ मा डा राजन भट्टराई, ५ मा ईश्वर पोखरेल, ६ मा झक्कु सुवेदी, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ, ९ मा कृष्णगोपाल श्रेष्ठ र १० मा हितमान शाक्य उम्मेवार हुनुभएको छ ।

प्रतिनिधि सभामा भक्तपुर क्षेत्र नं १ मा मिलन सुवाल, २ मा महेश बस्नेत, ललितपुर क्षेत्र नं १ मा नवराज सिलवाल, २ मा कृष्णलाल महर्जन र ३ मा पम्फा भुसाल मैदानमा उत्रनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...