आफैलाई भोट हाल्न नमिल्ने ठाउमा पुगेर एमाले अध्यक्ष ओलीले दर्ता गरे झापामा मनोनयन



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।

‘झापा– ५ बाट मेरो उम्मेदवारी दर्ता भएको छ। वाम गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन अपिल गर्दछु’, उम्मेदवारी दर्तासँगै उनले आफ्नो ट्विटरमा लेखेका छन्।

झापाबाट उम्मेदवारी दर्ता गराएका ओलीले आफैलाई भने मत दिन पाउने छैनन्। किनभने उनको नाम झापाको मतदाता सूचीमा हैन, भक्तपुरको मतदाता सूचीमा छ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा उनको मतदान केन्द्र रहेको छ। प्रदेश नम्बर ३ को प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवारलाई मात्र उनले मतदान गर्न पाउने छन्। यो क्षेत्रबाट एमालेले महेश बस्नेतलाई उम्मेदवार बनाएको छ।

अर्थात् ओलीले प्रतिनिधि सभामा आफूलाई नभई महेश बस्नेतलाई भोट हाल्नेछन्। प्रदेश सभातर्फ भने उनले निर्वाचन क्षेत्र नं १ का उम्मेदवारलाई मतदान गर्ने छन्।

ओली २०४८, २०५१ र २०५६ गरी लगातार तीन वटा आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। उनले शरणामती-६ झापाबाट मतदान गरेका थिए।

पहिलो संविधान सभा निर्वाचन २०६४ मा उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए पनि दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नम्बर ७ बाट नै विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...