मनोनयन दर्ता हुदै गर्दा किन बस्याे आकस्मिक रुपमा पृतनापति सम्मेलन ? यस्तो छ कारण



हाम्रो इकोनोमि

नेपाली सेनाको पृनतापतिहरुको आकस्मिक सम्मेलन राजधानीमा सुरु भएको छ । मंसीर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले पृतनापति सम्मेलन डाकेका हुन् ।

सामान्यतया सेना दिवसको रुपमा मनाइने शिवरात्री अघि पृतनापति सम्मेलन हुने गरेको थियो। तर यस पटक त्यसअगावै प्रधानसेनापति क्षत्रीले सम्मेलनको आयोजना गरेका छन्।

बिहीबार विहानदेखि सुरु भएको सम्मेलनमा नेपाली सेनाका आठवटै पृतनाका प्रमुखहरु सहभागी छन्। यसैगरी उपत्यकामा कार्यालय रहेका नेपाली सेनाका विभिन्न इकाइका उपरथीहरु सम्मेलनमा सहभागी छन्।

सम्मेलनमा आठवटै पृतनाको जिम्मेवारी क्षेत्रभित्रका सुरक्षा अवस्थाबारे पृतनापतिहरुले प्रतिवेदन पेश गर्नेछन्। त्यसै आधारमा जंगी अड्डाले निर्वाचनमा नेपाली सेनाले निर्वाह गर्ने जिम्मेवारी निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...