मनोनयन दर्ता हुदै गर्दा किन बस्याे आकस्मिक रुपमा पृतनापति सम्मेलन ? यस्तो छ कारण



हाम्रो इकोनोमि

नेपाली सेनाको पृनतापतिहरुको आकस्मिक सम्मेलन राजधानीमा सुरु भएको छ । मंसीर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले पृतनापति सम्मेलन डाकेका हुन् ।

सामान्यतया सेना दिवसको रुपमा मनाइने शिवरात्री अघि पृतनापति सम्मेलन हुने गरेको थियो। तर यस पटक त्यसअगावै प्रधानसेनापति क्षत्रीले सम्मेलनको आयोजना गरेका छन्।

बिहीबार विहानदेखि सुरु भएको सम्मेलनमा नेपाली सेनाका आठवटै पृतनाका प्रमुखहरु सहभागी छन्। यसैगरी उपत्यकामा कार्यालय रहेका नेपाली सेनाका विभिन्न इकाइका उपरथीहरु सम्मेलनमा सहभागी छन्।

सम्मेलनमा आठवटै पृतनाको जिम्मेवारी क्षेत्रभित्रका सुरक्षा अवस्थाबारे पृतनापतिहरुले प्रतिवेदन पेश गर्नेछन्। त्यसै आधारमा जंगी अड्डाले निर्वाचनमा नेपाली सेनाले निर्वाह गर्ने जिम्मेवारी निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...