यी हुन् प्रमुख दलका शीर्ष नेता चुनाव लड्ने क्षेत्र,को कति ओजनदार यस्तो आयो रिपोर्ट



हाम्रो इकोनोमि

मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। प्रमुख दलहरुले बुधबार नै उम्मेदवार टुंगो लगाइसकेका छन्। प्रमुख दलका शीर्ष नेताहरुको निर्वाचन क्षेत्र पनि टुंगो लागिसकेको छ।

संवैधानिक व्यवस्थाअनुसार योपटक एक उम्मेदवार एक निर्वाचन क्षेत्र रहनेछ। जसकारण शीर्ष नेताले यसअघि दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिए पनि यस पटक एकमात्र निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दैछन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवारी दिँदैछन्। वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट उम्मेदवारी दर्ता गर्दैछन्। यस्तै महामनत्री शशांक कोइराला नवलपरासीको बर्दघाट पूर्व (नवलपुर) बाट उम्मेदवारी दर्ता गर्दैछन्।

पूर्व महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्ण सिटौलाले क्रमश काठमाडौँ १ र झापा ३ बाट उम्मेदवारी दिँदैछन्।

यस्तै, एमाले अध्यक्ष केपी ओलीले झापा ५ बाट मनोनयन दर्ता गर्नेछन्। वरिष्ठ नेता झलनाथ खनाल इलाम १, माधवकुमार नेपाल काठमाडौँ २ बाट उम्मेदवारी दर्ता गर्दैछन्। उपाध्यक्ष बामदेव गौतम बर्दिया १, भीम रावल अछाम १ बाट मनोनयन दर्ता गर्दैछन्। पूर्वसभामुख सुवास नेम्वाङ इलाम २, महासचिव ईश्वर पोखरेल काठमाडौँ ५ बाट उम्मेदवारी दर्ता गर्दैछन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३, नेता कृष्णबहादुर महरा दाङ २, गिरिराजमणि पोखरेल महोत्तरी १, पम्फा भुसाल ललितपुर ३ बाट मनोनयन दर्ता गर्दैछन्। माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पहिलो चरणमा निर्वाचन हुने गोरखा २ बाट उम्मेदवार भइसकेका छन्।

यस्तै, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट मनोनयन दर्ता गर्दैछन्। राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर प्रदेशसभातर्फ प्रतिस्पर्धा गर्दैछन्। धनुषा ३ बाट राजपाका राजेन्द्र महतो र कांग्रेसका विमलेन्द्र निधिको प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...